दुबै कम्पनीको सेयरमा आबेदन परेको झण्डै ५५ अर्ब रुपैयाँ लगानीकर्ताको हातमा पुग्ने भएपछि यसले बित्त बजारमा चहल पहल बढाउने देखिएको छ ।
नेपाल लाइफ इन्स्योरेन्सको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडका मर्चेन्ट बैंकिङ प्रमुख सुजन बाबु अधिकारीले पाँच बाणिज्य बैंक, सात विकास बैंक र दुई फाईनाईन्स कम्पनी गरी १४ बैंक तथा वित्तिय संस्थामामा खाता रहेका लगानीकर्तालाई एफपीओ नपरेको पैसा उनिहरुकै खातामा रकम फिर्ता गरिने जानकारी दिए ।
खातामै रकम जाने बाणिज्य बैंकहरुमा सिद्धार्थ बैंक, माछापुच्छ्रे बैंक, कुमारी बैंक, नेपाल क्रेडिट एण्ड कर्मस बैंक, एनआईसी एशिया बैंक रहेका छन् । विकास बैंकतर्फ एस डेभलपमेन्ट, ज्योति विकास, सिद्धार्थ डेभलपमेन्ट, यति डेभलपमेन्ट, पुर्णिमा विकास, अरनिको डेभलपमेन्ट, र तिनाउ डेभलपमेन्ट बैंक रहेका छन् । उता, फाईनाईन्स कम्पनीमा गुडविल फाईनाइन्स र श्री ईन्भेष्टमेन्ट एण्ड फाईनाइन्स कम्पनीमा खाता भएका एफपीओ आवेदकले आफ्नै खातामा रकम फिर्ता पाउने भएका हुन् ।
उता फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सको बिक्री प्रबन्धक नबिल ईन्भेष्टमेन्टले तीनवटा बैंकहरु नबिल बैंक, माछापुछ्रे बैंक र एनएमबि बैंकमा खाता रहेका लागानीकर्तालाई खातामा नै रकम फिर्ता गर्ने बताएको छ । अन्य बैंकमा खाता भएकाले रकम बुझाएको स्थानबाट फिर्ता गरिने बताएको छ ।
फरवार्डको आईपीओमा एक हजार ३० कित्तासम्म आवेदन दिनेलाई गोलाप्रथाबाट १० कित्ता सेयर बाँडिएको थियो भने एक हजार ४० कित्तादेखि माथि आवेदन गर्नेले अधिकतम २६ कित्ता सम्म सेयर प्राप्त गरेका थिए ।
कम्पनीले माघ ९ गतेदेखि माघ १२ गतेसम्म निष्काशन गरेको एक सय रुपैँयाको छ लाख कित्ता आईपीओ ३८ हजार ८ जना आवेदकलाई बाँडफाँट गरेको थियो ।
नेपाल लाईफको एफपीओमा १० कित्तादेखि १६० कित्तासम्म गोला प्रथाबाट १० कित्ता सेयर बाँडिएको थियो । १७० कित्ता देखि १८० कित्ता सम्म्म आवेदन दिने सबै लगानीकर्ताले १० कित्ता सेयर पाएका थिए । यसमा अधिकतम ३० हजार ९६० कित्ता आवेदन दिनेले १७ सय ४१ कित्ता सेयर पाएका छन् ।
कम्पनीले पुस २७ गतेदेखि माघ २ गतेसम्म निष्काशन गरेको १४२५ रुपैँयाको ३० लाख ९६ हजार ४ सय २९ कित्ता एफपीओ एक लाख ६५ हजार ५ सय ६४ जना आवेदकलाई बाँडफाँट गरेको थियो । दुवै कम्पनीको सेयर फागुन २० गते शुक्रबार बाँडफाँट गरिएको थियो ।