साढे चौध अर्ब रुपैंयाको हकप्रद धितोपत्र बोर्डको पाइपलाइनमा

Mar 09, 2017 Merolagani

राष्ट्र बैंकले तोकेको पूँजी पुर्याउनका लागि हकप्रद निष्काशनको उद्घोष गरेका बैंक तथा वित्तीय संस्था धितोपत्र बोर्ड जाने क्रम तीब्र भएको छ । यस क्रममा नेपाल बैंक र गोर्खाज फाइनान्स हकप्रद निष्काशनको स्वीकृति माग गर्दै धितोपत्र बोर्ड पुगेका छन् । उता एनआईसी एशिया बैंकले बोर्डबाट हकप्रद निष्काशनको स्वीकृति पाएको छ । योसँगै धितोपत्र बोर्डको पाइपलाइनमा रहेका २३ कम्पनीका १५ अर्ब ५८ करोड रुपैंया बराबरको हकप्रद स्वीकृत हुन बाँकी छ ।

चालु आर्थिक वर्षको सुरुवातमा प्राइम कमर्शियल बैंकलाई हकप्रद निष्काशनको अनुमति दिएको धितोपत्र बोर्डले ३९ औं कम्पनीका रुपमा एनआईसी एशिया बैंकलाई १५ प्रतिशत हकप्रद निष्काशनको अनुमति दिएको हो । १५ प्रतिशत हकप्रद निष्काशन पश्चात बैंकको चुक्ता पूँजी छ अर्ब ७० करोड रुपैंया पुग्नेछ । बैंकको हकप्रद निष्काशनको काम सिभिल क्यापिटलले गर्नेछ ।

उता २३ दशमलव ७४ प्रतिशत हकप्रदको प्रस्ताव लिएर धितोपत्र बोर्ड पुगेको नेपाल बैंकको चुक्ता पूँजी छ अर्ब ५० करोड हाराहारीमा छ । धितोपत्र बोर्डको स्वीकृति पाएर हकप्रद निष्काशन गरे पछि बैंकको चुक्ता पूँजी आठ अर्ब रुपैंया नाघ्ने छ । बैंकले नियमित प्रकृया अनुरुप आगामी चैत २० गते साधारण सभा बोलाए पनि कुनै पनि किसिमको लाभांस प्रस्ताव गरेको छैन ।

त्यसै गरी गोर्खाज फाइनान्स पनि हाल कायम पूँजीको ५० प्रतिशत हकप्रद निष्काशनको स्वीकृति माग्दै धितोपत्र बोर्ड पुगेको छ । ५७ करोड ८६ लाख रुपैंया चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद अनुमति मागेको फाइनान्सको हकप्रद निष्काशन पश्चात चुक्ता पूँजी ८७ करोड रुपैंयाको हाराहारीमा पुग्नेछ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।