प्रभु इन्स्योरेन्सको ५० प्रतिशत हकप्रद निष्काशन गर्न चैत ६ गते बुक क्लोज

Mar 10, 2017 merolagani

प्रभु इन्स्योरेन्स (PRIN)  कम्पनीले ५० प्रतिशत हकप्रद निकाल्ने प्रयोजनका लागि चैत ६ गते सेयरधनी पुस्तीका बन्द गर्ने भएको छ । इन्स्योरेन्सको फागुन २४ गते बसेको सञ्चालक समितिको ३४६ औं बैठकले हकप्रदका लागि चैत ६ गते बुक क्लोज गर्ने निर्णय गरेको हो ।

इन्स्योरेन्स कम्पनीले चुक्ता पूँजीको पचास प्रतिशत अर्थात दुई बराबर एक कित्ताको अनुपातमा १९ करोड २५ लाख सात हजार आठ सय ८१ रुपैयाँको हकप्रद निकाल्न लागेको हो । कम्पनीले धितोपत्र बोर्डबाट फागुन १२ गते ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने अनुमति पाइसकेको छ । 

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । अब क्यापिटलले १९ लाख २५ हजार ७८.८१ कित्ता हकप्रद सेयर बिक्री गर्ने व्यवस्था मिलाउनेछ ।

३८ करोड ५० लाख चुक्ता पुँजी रहेको कम्पनीले गत बर्षको कमाईबाट १७ प्रतिशत बोनस वितरण गरेको थियो ।प्रभुको हकप्रदपछि चुक्ता पूँजी ५७ करोड ७७ लाख नाघ्नेछ । जसको  जगेडा कोषमा पाँच करोड ४० लाख,तथा जीवन बिमा कोष २६ करोड २७ लाख रुपैँया रहेको छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमास पुस अन्त्यसम्ममा इन्सुरेन्सले दुई करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी वार्षिक १५ रुपैयाँ १७ पैसा कायम गरेको छ ।

केन्द्रिय कार्यालय सहित १९ शाखा तथा उपशाखाहरु बाट बीमा सेवा दिंदै आएको कम्पनीले आगामी दिनमा अरु शाखा बिस्तार गर्दै जाने लक्ष्य लिएको छ ।

लिलाममा समेत बिक्न छाड्यो हकप्रद संस्थापक सेयर, सेती फाईनान्सलाई सकस

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।