देव विकास बैंकको हकप्रद भर्ने अन्तिम दिन शुक्रबार

Mar 10, 2017 merolagani

देव विकास बैङ्क @(DBBL@) ले निष्काशन गरेको ४४ लाख ५ हजार ४ सय ४० दशमलव ३९ कित्ता हकप्रद सेयरमा आवेदन गर्ने आज अन्तिम दिन हो । बैंकले पचास प्रतिशत अर्थात दुई कित्ता हुनेले एक कित्ता भर्न पाउने गरी माघ ९ गतेदेखि हकप्रद निष्काशन खुला गरेकोमा फागुन १५ गते हकप्रद भर्ने म्याद १२ दिन थप गरेको थियो ।

बैंकको सेयर निष्काशन तथा विक्रि प्रवन्धक एनआइबीएल क्यापिटल रहेको छ । बैंकको हकप्रदमा पुस १८ गतेसम्म कायम रहेका सेयरधनीले मात्र आवेदन दिन पाउनेछन् । सेयरधनीले क्यापिटलको कार्यालय लाजिम्पाटका साथै देव विकास बैंकको सम्पुर्ण शाखा, नेपाल इन्भेष्टमेन्ट बैंकको पोखरा, विराटनगर र वीरगन्ज शाखा तथा गुडविल फाइनान्सको नेपालगन्ज र इटहरी शाखाबाट समेत हकप्रदका लागि आवेदन दिन सक्नेछन् ।

हाल बैंकको चुक्ता पुँजी ८८ करोड १० लाख रुपैयाँ रहेको छ । हकप्रद निष्काशन पश्चात देवको चुक्ता पुँजी एक अर्ब ३२ करोड रुपैयाँ पुग्नेछ । गत बर्षको कमाईबाट बाँडेको १४ प्रतिशत बोनस समेत गर्दा बैंकको पूँजी करिब एक अर्ब ४५ करोड रुपैयाँ पुग्नेछ ।

बैंकले चालु आर्थिक बर्षको पुष मसान्तसम्मा १४ करोड तीन लाख ७९ हजार रूपैयाँ खुद नाफा कमाएर 
प्रतिसेयर आम्दानी २७ रुपैयाँ ९५ पैसा कायम गरेको छ । साथै बैंकले खराब कर्जालाई घटाएर एक दशमलव ७० प्रतिशतमा झारेको छ । यसअवधिमा बैंकले ९ अर्ब रुपैंया निक्षेप संकलन गरेर ८ अर्ब कर्जा प्रवाह गरेको छ ।

देवः विकास बैंक र सगरमाथा फाइनान्सको पुस मसान्तमा यस्तो छ प्रगति

लिलाममा समेत बिक्न छाड्यो हकप्रद संस्थापक सेयर, सेती फाईनान्सलाई सकस

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।