मेगा बैंकको तीन लाख ८६ हजार कित्ता सेयर लिलामीमा आउने

Mar 10, 2017 merolagani

मेगा बैंक (MEGA) को हकप्रदमा नबिकेको तीन लाख ८६ हजार आठ सय ८२ कित्ता सेयर चैत १३ गतेदेखि लिलामीमा आउने भएको छ । जसमध्ये एक लाख ६८ हजार नौं सय ९२ कित्ता संस्थापक सेयर छ भने दुई लाख १७ हजार आठ सय ९० कित्ता साधारण सेयर रहेको छ ।

बैंकको सेयर निष्काशन तथा विक्री प्रवन्धक नबिल ईन्भेष्टमेन्ट एण्ड बैंकिंग लिमिटेड रहेको छ । ईच्छुक लगानीकर्ताले न्युनतम एक सय रुपैयाँमाथि अंकित मूल्य राखेर दश कित्ताको गुणांकमा क्यापिटलको कार्यालय नक्साल वा मेगा बैंकको केन्द्रिय कार्यालय कमलादीबाट लिलामीमा आवेदन गर्न सक्नेछन् । 

आवेदकले न्युनतम एक सय कित्तादेखि अधिकतम दश लाख कित्ताका लागि चैत २० गतेसम्म बोलपत्र आवेदन पेश गर्न सक्नेछन् । कम्पनीले बोलकबोल नतिजा विक्री प्रवन्धकको कार्यालय नक्सालमा चैत २१ गते ३ बजे खोल्ने जनाएको छ ।

बैंकले हकप्रदमा एक सय रुपैँया दरका ८१ लाख एक हजार चार सय ३८ कित्ता हकप्रद सेयर जारी गरेको थियो । बैंकले निष्काशन गरेको हकप्रद मध्ये ७७ लाख १४ हजार पाँच सय ५६ कित्ता हकप्रद बैंकको सञ्चालक समितिले उक्त हकप्रद कात्तिक २३ गते बाँडफाँड गरेको जनाएको छ ।

बैंकले साउन ४ गतेसम्म कायम सेयरधनीलाई २५ प्रतिशत हकप्रद साउन २७ गतेदेखि भदौ २९ गतेसम्म बेचेको थियो । हकप्रदमा पुरै सेयर नबिकेपछि लिलामी मार्फत चैत १३ गतेदेखि विक्री गर्न लागिएको हो । 

लिलाममा समेत बिक्न छाड्यो हकप्रद संस्थापक सेयर, सेती फाईनान्सलाई सकस

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।