बैंकले गत मंसिर १९ गतेदेखि माघ २ गते सम्म ५० प्रतिशत हकप्रद निष्काशन गरेको थियो । बैंकले चैत तीन गतेसम्म बोलकबोलको आवेदन लिनेछ ।
बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल रहेको छ । ईच्छुक लगानीकर्ताले आवेदन फारम लिएर क्यापिटलमा नै बुझाउनु पर्ने हुन्छ । न्यूनतम एक सय रुपैयाँ देखि बढाबढमा लगानीकर्ताले न्युनतम एक सय कित्ता र अधिकतम कित्तासम्म आवेदन दिन सक्नेछन् । सेयर लिलामीको बोलकबोल चैत चार गते बिहान ११ बजे सिभिल क्यापिटलमा खोलिने बताइएको छ ।
बैंकले गत आर्थिक बर्षको मुनाफाबाट सेयरधनीलाई २०.७५ प्रतिशत बोनस प्रदान गरेको बैंकको सेयर विहिवार ३६३ रुपैँयामा नेप्सेमा कारोबार भएको छ ।
धेरै कम्पनीहरुले जारी गरेको हकप्रदमा नबिकेको सेयर लिलाममा आईरहेको र बजार मूल्य भन्दा धेरै सस्तोमा सेयर किन्ने अवसर लगानीकर्तालाई प्राप्त भएकोले मूल्य उचालिएर बोलपत्र पेश गर्नु घातक हुनसक्छ ।
माछापुच्छ्रे बैंकको साधारण सेयर मूल्य हाल ३६३ रुपैयाँ रहेकाले त्यो भन्दा धेरै सस्तो मूल्यमा मात्र बोलपत्र पेश गर्नु उचित हुने देखिन्छ । उसले फेरि १२ प्रतिशत हकप्रद जारी गरेर चुक्ता पूँजी बढाउने निर्णय गरेकाले सेयर अझै सस्तो हुने संभावना छ ।
त्यसैगरी मेगा बैंकको हकप्रदमा नबिबेको झण्डै चार कित्ता सेयर पनि लिलामीमा आउने भएको छ । यस अघि हिमालयन बैंक, जनता बैंकले हकप्रदमा नबिकेका ठूला कित्ता सेयरहरु लिलाममा राख्दैछन् भने सेती फाईनान्सले हकप्रदमा नबिकेको संस्थापक सेयर लिलाममा राख्दा निर्धारित मितिमा नबिकेपछि फेरि अर्को सूचना निकालेको छ ।
लिलाममा समेत बिक्न छाड्यो हकप्रद संस्थापक सेयर, सेती फाईनान्सलाई सकस
हिमालयन बैंकको सेयर पनि अब सस्तोमा किन्ने अवसर, झण्डै डेढ लाख कित्ता लिलाममा
जनता बैंकको सेयर कहिलेबाट आउने भयो लिलामीमा ?
मेगा बैंकको तीन लाख ८६ हजार कित्ता सेयर लिलामीमा आउने
वेष्टन डेभलपमेन्ट बैंकले चैत १३ बाट हकप्रदमा नविकेको सेयरमा लिलामी खोल्ने