पोखरा फाइनान्स एफपीओ जारी गर्ने अनुमति माग्न पुग्यो धितोपत्र बोर्ड

Mar 10, 2017 merolagani

पोखरा फाइनान्स (PFL) ले पनि थप सधारण सेयर अर्थात एफपीओ निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन गरेको छ । फाइनान्सले गत साधारणसभाबाट पारित प्रस्ताव बमोजिम एफपीओ निष्कासनको प्रक्रिया अगाडि सारेको हो ।

फाइनान्सले कुल ९ लाख ३८ हजार ६८२ कित्ता थप साधारण सेयर निष्कासनको लागि बोर्डमा आवेदन गरेको छ । कम्पनीले संस्थापक तथा साधारण सेयरको अनुपात ५१ स् ४९ कायम गर्न एफपीओ जारी गर्ने भएको हो । जसका लागि कम्पनीले एनआइबीएल क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

गतबर्षको मुनाफबाट १३.५ प्रतिशत बोनस बाँडेको कम्पनीको चुक्ताँपूजी ५५ करोड ७४ लाख २० हजार रुपैयाँ पुगेको छ । एफपीओ जारी गरेपछि कम्पनीको चुक्तापूँजी ९ करोड ८३ लाख रुपैयाँले बढेर ६५ करोड ५७ लाख रुपैयाँ नाघ्नेछ ।

साथै कम्पनीले एफपीओ जारी गरेपछि कायम पूँजीको १५ प्रतिशत हकप्रद बिक्री गर्ने प्रस्ताव समेत २० औ बार्षिक साधारणसभाबाट पारित गरेको छ । हकप्रद पश्चात कम्पनीको पूँजी ७५ करोड नाघ्नेछ । चालु आर्थिक बर्षको बोनस बाट कम्पनीले ८० करोड चुक्तापूँजी पुर्याउने देखिन्छ ।

फाइनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमास अर्थात पुष मसान्तसम्मा चार करोड ८३ लाख खुद नाफा कमाएको छ । कम्पनीको जगेडा कोषमा १७ करोड ६२ लाख १७ हजार रुपैंया सञ्चित छ भने प्रतिसेयर आम्दानी १७ रुपैंया ३३ पैसा छ । फाइनान्सको खराब कर्जा एक दशमलव ५१ प्रतिशत छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।