लगानीकर्तालाई सस्तोमा सेयर किन्न अवसरै - अवसर, आईपीओकै भाऊमा पाँईनसक्छ

Mar 11, 2017 Merolagani

तिलक कोइराला 

महंगो भाऊमा थप नयाँ साधारण सेयर (एफपीओ)को आबेदन र हकप्रदको बहानामा दोस्रो बजारबाट मच्चिई मच्चिई मूल्य उचालिएर आफुसँग भए भरको पैसा खन्याई सेयर किन्दै हुनुहुन्छ भने एकैछिन पखिएर सोच बिचार गर्नुहोस् । कतै साधारण सेयर अर्थात आईपीओकै भाऊमा सेयर पाईन्छ कि ? अबश्य नै त्यो अवसर आउँदैछ ।

 

आईपीओकै भाऊमा सेयर

बजारमा ७५ अर्ब रुपैयाँ बराबरको हकप्रद र एफपीओ आउने क्रम चलिरहेको बेला हकप्रदमा नबिकेर लिलाममा आउने सेयर पनि नबिक्दा छानी छानी सस्तोमा राम्रो कम्पनीको सेयर सकार्ने अबसर लगानीकर्तालाई आउँदैछ । प्रतिकित्ता एक सय ५० रुपैयाँ हाराहारीमा दोस्रो बजारमा पाईरहेको कम्पनीको साधारण सेयर हकप्रदमा नबिकेर लिलाममा आउँदा तपाइँ कति रुपैयाँमा लिलाम सकार्नुहुन्छ ? अबश्य पनि एकसय रुपैयाँ अर्थात अंकित मूल्य भन्दा बढी हाल्नुहुनेछैन । अझ साना कम्पनीको संस्थापक सेयर त लिलाममा पनि नबिकेर पटक पटक लिलामको सूचना निकाल्नु परेकै छ ।

तपाइँले पैसा बचाएर राख्नु भएको छ वा जोहो गर्नसक्नुहुन्छ भने सस्तोमा राम्रो सेयर किनेर फाईदा गर्ने अबसर सेयर बजारमा जहिले पनि आउँछ । चाहे त्यो सेयर बजार घटेर तल आएको बेला होस् वा लिलाममा आउने सेयर सस्तोमा किन्ने मौका नै किन नहोस्, अबसर बेला बेलामा आईरहन्छ । त्यस्तै अबसर अब आउँदैछ ।

हावादारी गफ हैन

हावादारी गफ गर्यो भन्नुहोला, हुँदै हैन । पुरै तथ्यमा आधारित रहेर भनिएको हो । अहिले माछापुच्छ्र्रे बैंकले लिलाममा निकालेको सेयरको लिलाम प्रक्रिया चल्दै गर्दा हिमालयन बैंक, मेगा बैंक, जनता बैंक, सेती फाईनान्स, वेस्टर्न डेभ्लपमेन्ट बैंकका लाखौं कित्ता संस्थापक र साधारण सेयरहरु लिलाममा आईरहेका छन् । यसपछि मन्जुश्री फाईनान्स, देवः बिकास बैंकको पनि हकप्रदमा नबिकेका लाखौं कित्ता लिलाममा आउनेवाला छ भने कुमारी, टुरिजम, सिद्धार्थ डेभ्लपमेन्ट लगायतका बैंकहरुको ठूलो कित्ता सेयर लिलाममा आउँदा सेयर किनेर हकप्रद भर्नुभन्दा लिलाम सकार्नु नै ठीक रहेछ भन्ने आभाष हुनसक्छ । बिमा, लघुवित्त लगायतका अरु कम्पनीका हकप्रदमा नबिकेका लाखौं कित्ता पनि लिलाममा आउने नै छन् । यसको असर दोस्रो बजारमा पनि पर्नसक्छ ।

माछापुच्छ्रेको झण्डै पौने चार लाख कित्ता बिक्रीमा आयो

लिलाममा समेत बिक्न छाड्यो हकप्रद संस्थापक सेयर, सेती फाईनान्सलाई सकस

हिमालयन बैंकको सेयर पनि अब सस्तोमा किन्ने अवसर, झण्डै डेढ लाख कित्ता लिलाममा

जनता बैंकको सेयर कहिलेबाट आउने भयो लिलामीमा ?

मेगा बैंकको तीन लाख ८६ हजार कित्ता सेयर लिलामीमा आउने

वेष्टन डेभलपमेन्ट बैंकले चैत १३ बाट हकप्रदमा नविकेको सेयरमा लिलामी खोल्ने

७१ अर्बको थप सेयर लगानीकर्ताले अब किन्न सक्दैनन, पूँजी बृद्धिको म्याद थपौं (तथ्य विवरणसहित)


रमाई रमाई अवसर सदुपयोग गरौं


राम्रा कम्पनीका सेयरहरु धेरै सस्तोमा पाँईने अबस्था आउँदा आत्तिने हैन, अवसरलाई सदुपयोग गर्न उत्साहित हुनैपर्छ । पैसाको अभाव हुँदा र आफुसँग भएको साधारण सेयर बेचेर हकप्रद भर्दा पनि खासै फाईदा नहुने अबस्थाले कतिपय लगानीकर्तालाई सताईरहेकै छ । हकप्रद भर्ने सेयरधनीहरुकै अभावको सामना कतिपय कम्पनीहरुले पनि गर्नु परिरहेको छ । जस्तो कि सेवा र सेती फाईनान्स जस्ता साना कम्पनीहरुमा धेरै संस्थापकहरुले नै सेयर भर्न चाहेनन् भने कैलास बिकास बैंकले बल्ल बल्ल संस्थापकहरुको हकप्रद वापतको पैसा जुटाएर हकप्रदको निश्काशन गर्यो । यस्तै सकस अरु कम्पनीलाई पनि परेकै छ ।
त्यसैले सस्तोमा लिलाम सकार्ने र दोस्रो बजारबाट किन्ने अवसर आईरहेको छ भनेर रमाउनुहोस् । पैसा अनाबश्यक ठाउँमा लगानी नगरी बचाएर मौका पर्खनुहोस् ।

लगानीकर्तासँग पैसा छैन ?

लिलाममा आउने सेयरमा हाल्ने पैसा लगानीकर्तासँग छैन भन्ने कुरा पनि आउला । आईपीओ र एफपीओमा परेको आबेदन रकमको हिसाब गर्ने हो भने प्रशस्त पैसा छ भन्ने देखिन्छ । नेपाल लाईफ, फरवार्ड माईक्रोफाईनान्स र कृषि बिकास बैंकको लिलाममा परेको पैसा फिर्ता भएको अबस्थामा लगानीकर्ताको हातमा पैसा पुगेको छ । लिलाममा हालेको पैसा सेयर नपरे एक सातामै फर्किने भएकाले त्यही पैसालाई अर्को लिलाममा हाल्ने विकल्प पनि रहिरन्छ । सक्नेले रकम जोहो गरेर यस्तो बेलामा सुझबुझपूर्ण निर्णय गर्दा नै फाईदा हुन्छ ।


हकप्रदले थला बस्दैछन् कम्पनीहरु


एउटा उदाहरणः सिनर्जी फाईनान्सले २५ प्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको छ । सेयर बजारमा नै १३० रुपैयाँ प्रतिकित्ता हाराहारीमा साधाण सेयर पाईरहेको बेला संस्थापकहरुले प्रति कित्ता १०० रुपैयाँका दरले पैसा जम्मा गर्लान् र साधारण सेयरधनीले हकप्रद पाउनकै लागि बजारबाट सेयर किन्लान वा भएको सेयर आफुसँगै राखिराखेर हकप्रद भर्लान भन्ने कुरा पत्याउँन मुस्किल छ । संस्थापकहरुले पैसा जम्मा नगर्दा कैलास बिकास बैंक जस्तो बलियो कम्पनीलाई त मुस्किल परेको अबस्थामा सिनर्जी जस्तो जगेडा कोष नै घाटामा रहेको कम्पनीलाई कसले पत्याउने ? नेपाल राष्ट्र बैंकले तोकिएको पूँजी नपुर्याउने कम्पनीको सवालमा कुनै नरमपना नअपनाउने स्पष्ट पारेपछि अब हकप्रदमा बल गर्ने कतिपय कम्पनीहरु थला पर्ने निश्चित छ । उनीहरुसँग अब अरुसँग बेचिने वा मर्जमा जाने विकल्प मात्र बाँकी छ । यसलाई बुझेर कतिपय कम्पनीहरुले हतारमा मर्ज र एक्विशिजनको निर्णयमा सहिछाप गरिसकेका छन् । हकप्रदले सेयर बजारलाई थला पार्देछ भन्ने बुझेका कम्पनीहरु धमाधम हकप्रदलाई स्थगित गरेर मर्ज र एक्विजिशनमा जाँदै बाणिज्य बैंक नै रोज्नुमा धेरै बलिया तर्कहरुले काम गरेका देखिएको छ ।


कति मूल्यमा लिलाम सकार्ने ?


आईपीओ र एफपीओमा मरिहत्ते गर्ने लगानीकर्ताहरुलाई १० प्रतिशत भन्दा बढी लाभांश बाँडिरहेका कम्पनीहरुको सेयर दोस्रो बजारमै आईपीओको मूल्य वा आईपीओ लागत मूल्यमा पाईएको छ भन्ने हेक्का नहुन सक्छ । त्यसैले उनीहरु नेटवर्थभन्दा कयौं गुणा महंगो मूल्य भएका एफपीओ होस् वा चालु आर्थिक बर्षको कमाईबाट लाभांश बाड्न नसक्ने जलबिद्युत कम्पनीको आईपीओमा मारामारी गरिरहेका छन् । कृषि बिकास बैंक, त्रिबेणी बिकास बैंकको सेयर लिलाममा बजार मूल्य भन्दा धेरै माथि उचालिएर बोलपत्र पेश गरी मुर्खता गर्नहरुलाई त केही भन्न सकिन्न तर आम लगानीकर्ताहरुलाई यो बुझाउन परेको छ कि दोस्रो बजारमा राम्रा तर धेरै मूल्य घटेका कम्पनीहरुमा लगानी पनि अहिले सुरक्षित छ । त्यो संगै लिलाममा बजार मूल्य भन्दा धेरै घटेर सेयर सकार्नु झन् सुरक्षित र फाईदाजनक छ ।

सेयरको बजारमूल्य भन्दा कम्तिमा ४० प्रतिशत तलको मूल्यमा लिलाम सकार्ने प्रयास गर्नुहोस् । दोस्रो बजार घटेर जाँदा पीडित बनेका अनुभवी लगानीकर्ताले यो मौकाको फाईदा लिएर आफ्नो घाटा कम गर्नसक्छन् । एकातर्फ धेरै कम्पनीको हकप्रद सेयर बिक्रीमा आईरहेका छन् भने त्यसमा नबिकेका सेयर लिलाममा आउने क्रम पनि उत्तिकै बढ्दो छ । यसले दोस्रो बजारमा सेयरको भाऊ अब सस्तो बनाएको छ । लिलाममा परेन भने दोस्रो बजारबाट ससतेमा किन्ने अवसर त छदैछ ।

स्टान्डर्ड चार्टर्डको एफपीओमा के गर्ने ?

स्टान्डर्ड चार्टर्डको एफपीओमा आबेदन गर्नु भन्दा अहिलेका लिलाममा कम मूल्यमा अरु कम्पनीको सेयर किन्नु नै फाईदाजनक देखिन्छ । एफपीओमा आएको स्टान्डर्ड चार्टर्डको अंकित मूल्य र नेटवर्थको आधारमा हेर्दा धेरै महंगो देखिन्छ भने उसको प्रगतिको अबस्था हेर्दा प्रति सेयर आम्दानी आगामी दिनमा निकै खस्केर जाने संभावना छ ।

एफपीओको सेयर संख्याले बजारमा आपुर्ति बढाउँदा अहिले दोस्रो बजारमा कायम रहेको सेयर मूल्य नै कायम रहला भनेर पनि कसैले ग्यारेन्टी गर्न सक्दैन । प्रतिष्ठित बिदेशी लगानी भनेर मात्रै स्टान्डर्ड चार्टर्डको सेयरमा लगानी गर्नु उचित देखिन्न । सामुहिक लगानी कोषहरुले स्टान्डर्ड चार्टर्ड जस्ता महंगा कम्पनीमा किन धेरै लगानी गरेका छैनन् भनेर बुझ्नु जरुरी छ ।

नियमनकारी निकाय धितोपत्र बोर्डले एफपीओको मूल्य तोकेर निश्काशन स्वीकृति दिईसकेको अबस्थामा सेयर जारी प्रक्रियालाई कसैले कानुनी चुनौति दिनसक्दैन र दिनु पनि हुन्न । ईच्छा लाग्ने लगानीकर्तालाई कसैले एफपीओमा आबेदन गर्नबाट रोक्न पनि सक्दैन र त्यसो गर्नु पनि हुन्न । मात्रै फाईदा घाटाको कुरा हो । एफपीओ र लिलाममा आएको सेयर मध्ये लिलामको सेयर चाँडै नेप्सेमा सुचिकृत हुने संभावना हुन्छ । बढीमा दुई महिना भित्र लिलाममा आएको हकप्रद सेयर सुचिकृत हुने गरेको छ । यो बाहेक सेयर बजारमा देखिने अस्थिरताको ख्याल पनि गर्नेपर्छ ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।