बैंकले जारी गर्ने १५ प्रतिशत हकप्रद सेयर चैत ६ गतेसम्म बैंकको सेयरमा स्वामित्व कायम गरेका सेयरधनीले मात्र प्राप्त गर्न सक्नेछन् । बैंकले चैत ७ गते सेयरधनी दर्ता किताब बन्द गर्ने भएको हो । बैंकको हकप्रद सुरक्षित गर्न चाहने लगानीकर्ताले चैत छ गतेसम्ममा सेयर खरिग गरिसक्नु पर्ने हुन्छ ।
हकप्रद निष्काशनको बिक्री प्रबन्धक सिभिल क्यापिटल रहेको छ । बैंकको हकप्रदमा विक्रि प्रबन्धकका साथै एनआइसी एसिया बैंकका सबैं शाखाहरुमार्फत आवेदन गर्न सकिनेछ । बैंकको १५ प्रतिशत हकप्रद बैशाख १९ गतेसम्ममा भरिसक्नु पर्नेछ । तपाईले आफ्नो हक सुरक्षित गर्नु भएन भने सो सेयर लिलामी गरेर बैंकले संकलन गर्ने प्रिमियम जगेडामा राख्नेछ । तसर्थ आफ्नो सेयर विबरण हेरेर हकप्रद भर्नुहोस् ।
यो हकप्रद निष्काशन पश्चात बैंकको चुक्ता पूँजी ६ अर्ब ६९ करोड २५ लाख रुपैँया पुग्नेछ । बैंकले आसार मसान्तभित्रमा एक अर्ब ३० करोड ७४ लाख रुपैँया पूँजी थप गर्नुपर्ने हुन्छ । बैंकले १५ प्रतिशत हकप्रद सेयर जारी गर्न फागुन २४ मा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको थियो । बैंकले गत आर्थिक वर्षको कमाईबाट २६ प्रतिशत बोनस सेयर वितरण गरेको थियो भने गत वर्ष २५ प्रतिशत हकप्रद निष्कासन गरेको थियो ।
५ अर्व ८१ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ७२ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी २४ रुपैयाँ ८० पैसा कायम गरेको छ ।