नेपाल लाईफ र नेरुडेको कतिमा भयो सेयरमूल्य समायोजन ?

Mar 13, 2017 merolagani

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सोमबार नेपाल लाइफ इन्सुरेन्स (NLIC) र नेरुडे लघुवित्त (NLBBL) को सेयरमूल्य समायोजन भएको छ ।

नेपाल लाइफको २५ प्रतिशत बोनस तथा नेरुडे लघुवित्तको २० प्रतिशत बोनस  र ५० प्रतिशत हकप्रदपछि सेयरमूल्य समायोजन भएको हो । इन्सुरेन्सको समायोजित सेयरमूल्य प्रतिकित्ता १९३२ रुपैयाँ तथा लघुवित्तको ८६५ रुपैँया रहेको छ ।

औसत आधार मूल्य २२८२ रुपैयाँ तोकिएको नेपाल लाइफले चैत १४ गते बार्षिक साधारण सभा गर्दै छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १५ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी १४ रुपैयाँ १३ पैसा बनाएको छ ।

उता चैत १४ गतेदेखि ५० प्रतिशत हकप्रद जारी गर्न लागेको नेरुडे लघुवित्तको औसत आधार मूल्य १०४८ रुपैयाँ तोकिएको छ । कम्पनीले चैत ३१ गते बार्षिक साधारण सभा गर्दै छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा चार करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी २५ रुपैँया ८७ पैसा कायम गरेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।