कम्पनी ऐन २०६३ को दफा १८२ को उपदफा ( ९ )अनुसार पाँच बर्षसम्म नगद संकलन नगरेका लगानीकर्ताको नगद लाभांश एकिकृत गरि कम्पनी रजिष्ट्रार कार्यालयले लगानीकर्ता संरक्षण कोषको स्थापना गरी जम्मा गर्ने व्यवस्था गरेको छ । यसरी लगिएको सो रकम लगानीकर्ता संरक्षण कोष व्यवस्थापन तथा सञ्चालन कार्यविधि २०७३ को दफा ७ (३) को कानुन बमोजिम लगानीकर्ता संरक्षण कोषमा दाखिल हुनेछ ।
यसरी पाँच बर्षसम्म आफ्नो रकम संकलन नगरेका सेयरधनीलाई नगद संकलन गर्न नबिल बैंकले सुचित गरेको छ । एक महिना भित्र विक्रि प्रबन्धक नबिल इन्भेष्ट, नक्सालमा सम्पर्क गरि आफ्नो नगद लिन बैंकले आग्रह गरेको हो ।
थोरै कित्ता सेयर हुने अनि त्यसको पनि न्युन प्रतिशत नगद लाभांस, पाईने कारणले धेरै लगानीकर्ताले अहिले सुचिकृत कम्पनीहरुले छुट्याएको लाभांश नियमित संकलन गर्ने गरेका छैनन् । अधिकांश सुचिकृत कम्पनीहरुसँग अहिले लगानीकर्ताले संकलन नगरेको करोडौं रुपैँया बराबरको लाभांस थुप्रीएर बसेको अवस्था छ ।
हाल नगद लाभांश कतिपय सेयर रजिष्टारहरुले सेयरधनीको बैंक खातामा पठाउन थाल्ने अवस्था आएपनि यसअघि सेयरधनी आफैं सेयर विक्री प्रवन्धक कहाँ पुगेर संकलन गर्नुपर्ने अवस्थाले रहेकाले धेरै लगानीकर्ताको लगानी निष्कृय अवस्थामा रहने गरेको हो ।
याद राख्नुहोस्, डिम्याट खातामा बैंक खाताको विबरण अद्यावधिक गराउन पनि केन्द्रिय निक्षेप प्रणालीले लगानीकर्तालाई आग्रह गरिसकेको छ । तपाईको डिम्याट खाता छैन भने डिम्याट खाता खोलि आफुसँग भएको सेयर डिम्याट गराउनु होस् । यस्तो गर्नु भयो भने आगामी आर्थिक वर्षदेखि बोनस सेयर डिम्याट खातामा पनि नगद लाभांस सिधै बैंक खातामा जम्मा हुँदैछ । जसले तपाईले अहिलेका सबै समस्याबाट छुटकारा समेत मिल्नेछ ।
झण्डै पाँच करोड नगद लाभांश संकलन नगर्ने लगानीकर्ता को होलान् ?
झण्डै पाँच करोड नगद लाभांश संकलन नगर्ने लगानीकर्ता को होलान् ?