नेपाल टेलिकमका सेयरधनीले बुधबारबाट ५१ प्रतिशत लाभांश पाउने, कहाँबाट लिने ?

Mar 14, 2017 merolagani

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को फागुन ३० गते सम्पन्न नवौं वार्षिक साधारणसभाले पारित गरेको ७ अर्ब ६५ करोड रुपैयाँ नगद लाभांश सेयरधनीहरुलाई चैत २ गते बुधबारदेखि वितरण गर्ने भएको छ ।

टेलिकमले  सेयर बिक्री प्रवन्धक एनएमबी क्यापिटल नागपोखरी नक्सालबाट चैत २ गतेदेखि १३ गतेसम्म नगद लाभांश शेयरधनीहरुलाई वितरण गर्ने जनाएको हो । उसले यो समयमा संकलन गर्ने नभ्याउने सेयरधनीलाई भने चैत १५ गतेपछि वितरण गर्दे जाने बताएको छ । क्यापिटलले एनएमबि बैंकमा खाता रहेका सेयरधनीलाई भने उनिहरुकै बैंक खातामा मंगलबार देखि नै नगद जम्मा गरिदिने जनाएको छ ।

कम्पनीले आर्थिक वर्ष २०७२/७३ को मुनाफाबाट सेयरधनीलाई ५१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । नेपाल टेलिकम नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत कम्पनीहरु मध्ये सेयरपुँजीको आधारमा चुक्ता पुँजी १५ अर्ब रुपैयाँ रहेको सबैभन्दा ठूलो कम्पनी हो ।

टेलिकमले गत आर्थिक बर्षमा कुल राजस्व ३.६८ प्रतिशतले वृद्धि गरी खुद मुनाफा १३ अर्ब ६८ करोड रुपैयाँ कमाएको छ । उसले गत आर्थिक वर्षको तुलनामा ग्राहक संख्यामा समेत १५.६५ प्रतिशतले वृद्धि गरी पुस मसान्तसम्ममा कम्पनीको संचित नाफा ७८ अर्ब ८१ करोड रुपैयाँ पुगेको साधारणसभामा बताएको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।