जनता बैंकको ७ लाख ६७ हजार कित्ता सेयरको लिलामी खुल्यो

Mar 14, 2017 merolagani

जनता बैक (JBNL) ले मंगलबारदेखि सात लाख ६७ हजार ५५२ कित्ता सेयरको लिलामी बिक्री खुलाएको छ । बैंकले सर्वसाधारण समूहको तीन लाख ७१ हजार २६ कित्ता र संस्थापक समूहको तीन लाख ९६ हजार ५२६ कित्ता सेयर बिक्री खुला गरेको हो ।

बैंकले गत मंसिर १ देखि पुस १० गतेसम्म बिक्री खुला गरेको एक करोड तीन लाख कित्ता हकप्रद सेयरमा नबिकेको सेयर लिलामीमा राखेको हो । इच्छुक लगानीकर्ताले लिलामीको सेयरमा चैत १५ गतेसम्म आवेदन गर्न सक्नेछन् । 

लिलामीको सेयर लिन इच्छुक खरिदकर्ताले संस्थापक समूहको न्यूनतम एक हजार कित्ता र सर्वसाधारण समूहको न्यूनतम एक सय कित्ता वा त्यो भन्दा बढी १० अंकले भाग जाने सबै कित्तामा आवेदन दिन सक्ने बैंकको सेयर बिक्री प्रबन्धक एनसीएम मर्चेन्ट बैंकिङ लिमिटेडले जनाएको छ ।

बोलपत्र चैत १६ एनसीएम मर्चेन्ट बैंकिङ लिमिटेड कमलपोखरीमा दिउसो ३ बजे खोलिनेछ भने चैत २२ गते यसको बाँडफाँट हुनेछ ।

जनता बैंक त्रिबेणी बिकास बैंकसँग एक आपसमा गाभिने अन्तिम प्रक्रियामा रहेको छ भने सिद्धार्थ डेभ्लपमेन्ट बैंकलाई एक्विजिनशन गर्ने सम्झौता गरेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।