बैंकले बोनस प्रस्ताव गरे पनि साधारण सभा नबोलाई धितोपत्र बोर्डबाट हकप्रदले स्वीकृति पाएको हो । अब बैंकले हकप्रद र बोनसका लागि एकै पटक बुकक्लोज गर्न सक्ने देखिएको छ । तर लगानीकर्ताले उचालिएर सेयर किन्नु घातक हुन सक्नेतर्फ ध्यान दिनु पर्ने हुन्छ । धेरै कम्पनीहरुको हकप्रद निश्काशन भईरहेकाले लगानीकर्तामा हकप्रदका लागि रकम जुटाउनुपर्ने चाप छ भने अर्कोतर्फ तरलताको समस्या छ । हकप्रदमा नबिकेका सेयर समेत लिलाममा आउने क्रम तीब्र बन्दा हकप्रदकै लागि उचालिएर सेयर किन्नुभन्दा सुझबुझपूर्ण निर्णय गर्नु श्रेयस्कर हुने देखिन्छ ।
फेरि लक्ष्मी बैंकले प्रस्ताब गरेको बोनस हकप्रदले समेत पाउँदा बोनसको अनपात १८ दशमलव २९ प्रतिशत मात्र हुन आउँछ । यस अघि नै बैंकले बोनस हकप्रदलाई समेत दिंदा उक्त अनुपातमा आउने प्रष्ट पारिसकेको छ ।
अहिले तीन अर्ब १५ करोड ९० लाख ३० हजार चार सय रुपैयाँ चुक्ता पूँजी रहेको बैंकले सोही पूँजी बराबरको हकप्रद निष्काशन गरे पछि चुक्ता पूँजी छ अर्ब ३२ करोडको हाराहारीमा पुग्ने छ । उक्त पूँजीको १८ दशमलव २९ प्रतिशत बोनस बाँडे पछि बैंकको चुक्ता पूँजी साढे सात अर्ब रुपैंया नाघ्नेछ । बैंकको हकप्रद निष्काशनको जिम्मेवारी सिद्धार्थ क्यापिटलले पाएको छ ।
यस अघि प्रोफेसनल दियालो विकास बैंकलाई समेत गाभेर एर्ककृत कारोबार थालेको बैंकले उक्त विलय पश्चात कायम पूँजीको सतप्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो । यस अघि बैंकले प्रोफेशनल दियालोको पूँजी र हकप्रदलाई समायोजन नगरी ३८ प्रतिशत बोनस प्रस्ताव गरेकोमा त्यसलाई पनि गणना गर्दा १८ दशमलव २९ प्रतिशत बोनस हुने भएको हो ।