प्रुडेन्सियल इन्स्योरेन्सको साधारण सभा एकाएक किन सर्यो ?

Mar 15, 2017 Merolagani

प्रुडेन्सियल इन्स्योरेन्स (PICL) ले तराईमा देखिएको समस्याका कारण निर्धारित समयको साधारण सभा स्थगित गरी अर्को मिति तय गरेको छ । यस अघि फागुन २७ गते हुने भनिएको साधारण सभा स्थगित गरेर इन्स्योरेन्सले चैत आठ गते साधारण सभा बोलाएको हो । साधारण सभाले २० प्रतिशत बोनस पारित गर्दैछ ।

इन्स्योरेन्सले साधारण सभामार्फत २० प्रतिशत बोनसका साथै एक दशमलव ५५ प्रतिशत नगद लाभांस समेत बितरण गर्दैछ । प्रस्तावित बोनस पछि कायम हुने चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद पनि सोही साधारण सभाले पारित गर्दैछ । हाल ३५ करोड ६४ लाख रुपैंया चुक्ता पूँजी रहेको इन्स्योरेन्सको बोनस बितरण पश्चात चुक्ता पूँजी ४२ करोड ७७ लाख रुपैंया हाराहारीमा पुग्ने छ । उक्त पूँजीको ३० प्रतिशत हकप्रद समेत निष्काशन गरे पछि इन्स्योरेन्सको चुक्ता पूँजी ५५ करोड ६० लाख रुपैंयाको हाराहारीमा पुग्नेछ ।

साधारण सभाले इन्स्योरेन्सको संस्थापक र सर्वसाधारणको सेयर अनुपात पनि ८०:२० बाट परिवर्तन गरी ६५:३५ बनाउँदैछ । अहिले संस्थापक सेयर धारण गरेकाहरुको १५ प्रतिशत सेयर साधारणमा रुपान्तरण हुने भएको हो । जगेडा कोषमा झण्डै साढे २० करोड रुपैंया सञ्चित गरेको इन्स्योरेन्सको प्रतिसेयर आम्दानी गत पुस मसान्तमा २२ रुपैंया ६८ पैसा रहेको छ ।

 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।