एशियन लाईफको २० प्रतिशत बोनसपछि सेयरमुल्य समायोजन

Mar 16, 2017 merolagani

एशियन लाईफ इन्स्योरेन्सको विहीबार सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेन्जमा विहीबार एशियनको २० प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन भएको हो ।

नेप्सेले कम्पनीको प्रतिकित्ता सेयरमुल्य १०८३ रुपैयाँ तोकेको छ । जसको औसत आधार मूल्य भने ८७३ रुपैयाँ रहेको छ । इन्स्योरेन्सको चैत १७ गते हुने साधारण सभाले प्रस्तावित बोनसका साथै सो पछि कायम हुने पूँजीको ५० प्रतिशत हकप्रद प्रस्ताव पनि पारित गर्दैछ ।

हाल ६७ करोड १३ लाख रुपैंया चुक्ता पूँजी रहेको इन्स्योरेन्सले बोनस बितरण पश्चात चुक्ता पूँजी ८० करोड ५५ लाख ९३ हजार रुपैंया पुर्याउने छ । उक्त चुक्ता पूँजीको ५० प्रतिशतले हुने ४० करोड २८ लाख रुपैंया बराबरको हकप्रद निष्काशनको प्रस्ताव पनि साधारण सभाले पारित गर्दैछ । बोनस तथा हकप्रद निष्काशन पश्चात इन्स्योरेन्सको चुक्ता पूँजी एक अर्ब २१ करोड रुपैंया पुग्नेछ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।