फाइनान्सले वित्तीय साक्षरता बिस्तार गर्दै नोटको सुरक्षाका सम्बन्धमा आवश्यक जानकारी उपलब्ध गराउने कार्यक्रम आयोजना गरेको विज्ञप्तीमा उल्ल्ेख छ । संस्थामा १० देखि १५ वर्षसम्म निरन्तर सेवा गरेका कर्मचारीहरुलाई दीर्घ सेवा पदक वितरण गरिएको थियो । सोही अवसरमा संस्थाले प्रधान कार्यलयमा रक्तदान कार्यक्रम समेत आयोजना गरेको थियो ।
अधिकृत पूँजी ९६ करोड तथा चुक्ता पूँजी ५५ करोड ७४ लाख रुपैंया रहेको फाइनान्सले पूँजी वृद्धिका लागि थप नयाँ सेयर निष्काशन गर्न धितोपत्र बोर्डमा आवेदन दिएको छ । फाइनान्सले आफ्नो शाखा सञ्जाल विस्तारको क्रममा पोखरा लेखनाथको आदर्शचोक र विरौटा तथा स्याङ्जाको वालिङमा तीन वटा शाखाहरु बिस्तार गर्ने जनाएको छ ।
... [पोखरा फाइनान्स एफपीओ जारी गर्ने अनुमति माग्न पुग्यो धितोपत्र बोर्ड] ...