एनएमबि क्यापीटलका अनुसार चार्टर्डको एफपीओमा कुल तीन अर्ब ५८ करोड ६० लाख ५६ हजार रुपेँयाको आवेदन परेको हो । उक्त रकमका लागि आस्बासहितको २८ हजार ९२२ वटा आवेदन परेको क्यापिटलले जनाएको छ ।
माथि उल्लेखित प्रारम्भिक विवरण एनएमबि क्यापिटलले धितोपत्र बोर्डमा बुझाएपनि आस्बाको तथ्याङ्क थपिने क्रम जारी छ । जस अनुसार दुई दिनमा कुल तीन अर्ब ८१ करोड रुपैँयाको सेयर आवेदन परेको प्रारम्भिक तथ्याङ्क एनएमबि क्यापिटलले दिएको छ ।
बढ्दैछ आस्बाबाट सेयर आवेदन गर्नेको संख्या,स्टान्डर्ड चार्टर्डमा उल्लेखनीय
सेयर निष्काशन भएको पहिलो दिन मंगलबार चार्टर्डको एफपीओमा नौं हजार एक सय एक आवेदनबाट ९२ करोड ९६ लाख ८० हजार रुपैँया संकलन भएको थियो । जसमा एक हजार ३० वटा आस्बा आवेदनबाट २४ करोड ६० लाख रुपैँया बराबरको सेयर आवेदन परेको थियो ।
स्टान्डर्ड चार्टर्डको एफपीओमा आवेदन गरेर धान्न नसकिने घाटा खानुहोला (तथ्य र आँकलनसहित)
चार्टर्डले फेस भ्यालू एक सय रुपैयाँमा ११ सय ९० रुपैयाँ प्रिमियम जोडेर १२ सय ९० रुपैयाँका दरले २५ लाख ५८ हजार १४० कित्ता एफपीओको निष्काशन गरेको हो । बैंकको सेयर निष्काशन शुक्रबार बन्द हुँदैछ । कम्पनीको एफपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २५ हजार ५८० कित्तासम्म आवेदन दिन पाउने छन् ।
स्टाण्डर्ड चार्टडको एफपीओ आवेदन कहाँ कहाँबाट गर्ने ?