राष्ट्र बैंकले ऋणको ब्याजदर निर्धारण सम्बन्धमा तयार पारेको प्रावधानमा बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना ऋणीहरुलाई कर्जाको ब्याजदर भुक्तानी गर्ने समय, ब्याजदरको किसिम, ब्याजदर पुनरावोलकन गर्ने समय तथा ब्याजदर पुनरावोलकनको आधारहरुको बारे स्पष्ट जानकारी दिनु पर्ने व्यवस्था गरेको छ ।
त्यस्तै बैंक तथा वित्तीय संस्थाहरुले कर्जा प्रवाह गर्दा तोकेको मितिमा मात्र ब्याजदर समायोजन गर्न पाउनेछन भने यस्तो समायोजन बर्षमा दुई पटक मात्र गर्न सकिने प्रावधान राष्ट्र बैंकले राखेको छ ।
यसरी समायोजन गर्दा कर्जाको प्रडक्ट पेपरमा निर्धारण गरिएको विधी तथा आधार अनुसार गणनागरी समायोजन गर्नुपरेमा भने गर्न सकिनेछ । तर ऋण प्रवाह गर्दा निर्धारण गरिएको ब्याजदर कर्जा प्रवाह भएको मितिले कम्तिमा ६ महिना अघि परिर्वतन गर्न पाइने छैन ।
परिर्वतनशिल ब्याजदरमा कर्जा प्रवाह गर्दा तोके अनुसार परिवर्तन गर्न सकिने तथा छोटो अवधिको कर्जाको हकमा नयाँ कर्जा प्रवाह गर्दा पहिले निर्धारण गरेको विधी अनुसार ब्याजदर निर्धारण गर्न भने बाधा नपुग्ने राष्ट्र बैकले जनाएको छ ।
साथै एकबर्ष लामो अवधिको कर्जाको ब्याजदर परिवर्तन गर्नुपरेमा ४५ दिनको सूचना दिएर मात्र नयाँ ब्याजदर लागू गर्नुपर्नेछ भने नविकरणीय कर्जा वा छोटो अवधिको कर्जाका लागि ३० दिनको सूचना दिनुपर्ने व्यवस्था गरिएको छ ।