बैंकले सूचना प्रकाशित गर्दै लगानीकर्तालाई कागजी प्रमाणपत्र अभौतिक गराए पछि हकप्रद सेयर डिम्याट खातामा पठाउने प्रष्ट पारेको हो । उसले आफुसँग भएका कागजी प्रमाणपत्र अभौतिक गराएर बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल क्यापिटलमा सम्पर्क राख्न पनि लगानीकर्तालाई आग्रह गरेको छ ।
मुक्तिनाथको सेयर बन्धक राखि ऋण लिएका लगानीकर्ताहरुलाई सम्बन्धित संस्थाको स्वीकृति पत्र उपलब्ध गराए पछि मात्र सेयर डिम्याट खातामा जम्मा गरिने बताएको छ ।