माछापुच्छ्रे बैंकको सेयर लिलाममा रहस्यमय ढंगले बुझिएन गुड फर पेमेन्ट चेक

Mar 17, 2017 Merolagani

 

चेक र डिजिटल कार्डमा पैसा बोकेर हिड्ने जमानामा नेपालका केही बैंक र मर्चेन्ट बैंकरहरुलाई पैसाको बिटो नै नभई कारोबार नचल्ने रोगले नछाड्दा लगानीकर्ताले बेकारको दुःख पाईरहेका छन् । यसको पछिल्लो उदाहरण बनेका छन् माछापुच्छ्रे बैंक (MBL)र सिभिल क्यापिटल ।


माछापुच्छ्रे बैंकले हकप्रदमा नबिकेको तीन लाख ७१ हजार कित्ता सेयर लिलाममा राखेकोमा हिजो बिहीबार लिलाममा बोलपत्र पेश गर्ने अन्तिम दिन थियो । कयौं लगानीकर्ताहरुले लिलाममा सहभागी हुन भन्दै आफ्नो बैंक खाता रहेको बैंकबाट गुड फर पेमेन्ट चेक बनाएर लामबद्ध भए तर सिभिल क्यापिटल र माछापुच्छ्रे बैंकले त्यस्ता चेक बोकेर लिलाम सकार्न जानेहरुलाई नमिठो जवाफ दिएर फकाईदियो । माछापुच्छ्रे र सिभिलका कर्मचारीहरुले लिलाममा गुड फर पेमेन्ट चेक नचल्ने र पैसाको बिटो नै चाहिने जवाफ दिएर साधारण सेयरको लिलाममा सहभागी हुन बन्देज लगाएपछि नेपालको बैंकिड. क्षेत्र अझै पुरानै ढर्रामा चलेको प्रष्ट भयो ।

माछापुच्छ्रे बैंकले सेयर लिलाम सूचनाको बुंदा नम्बर ६ मा सिभिल क्यापिटलको खाता नम्बर उल्लेख गरेर त्यसमा नगद जम्मा गरेको नगद भौचर चाहिने उल्लेख गरेको थियो ।

 

त्यही कम्पनीले संस्थापक सेयर लिलाममा सहभागी हुनेको चाँही गुड फर पेमेन्ट चेक सकारेको प्रष्टै देखियो । साधारण सेयरलाई सकार्न चाहनेहरुलाई गुड फर पेमेन्ट चेक नलिई भेदभाव गरिदा आक्रोश ब्यक्त गर्नेहरु थुप्रै देखिए । संस्थापक सेयरमा चाँही गुड फर पेमेन्ट चेक चल्ने तर साधारण सेयरमा चाँही नचल्ने कसरी भयो ? कतिपय लगानीकर्ताले गुड फर पेमेन्ट चेक नचलेपछि साधारण चेक काटेर लिलाममा सहभागी हुन खाजे तर त्यसमा पनि अबरोध सिर्जना भयो ।

लगानीकर्ता केशव भण्डारीले आफुले ठूलो रकमको गुड फर पेमेन्ट चेक लिएर लिलाम हाल्न गए पनि सिभिल क्यापिटलले नलिएकाले फेरि साधारण चेक काटेर सहभागी हुन खोज्दा समस्या परेको बताए ।

सिभिल क्यापिटलमा सम्पर्क गरी यसबारे बुझ्न खोज्दा आफ्नो नाम उल्लेख नगरीकनै एक कर्मचारीले भनिन- संस्थापकमा गुड फर पेमेन्ट चेक लिएको हो, साधारण सेयरमा किन लिईएन, हाकिम साहेवलाई सोध्नुपर्छ ।

यस बारेमा माछापुच्छ्रे बैंकका अधिकारीहरुको प्रतिक्रिया लिन खोज्दा कोही पनि सम्पर्कमा आउन चाहेनन् ।

नेपाल राष्ट्र बैंकले १० लाख रुपैयाँ भन्दा बढीको कारोबार चेकबाटै गर्नुपर्ने भनेकोमा अहिले बैंक र मर्चेन्ट बैंकरहरुले नै त्यसलाई लत्याउनु निकै रहस्यमय देखिएको छ ।

सेयर लिलाममा सहभागी हुनेहरुले झोला भरी पैसा लिएर बैंकमा उभिनुपर्ने र त्यसलाई गणना गर्न घण्टौ लाग्ने अबस्था सिर्जना गरी लगानीकर्तालाई झंझटमा पारी माछापुच्छ्रे र सिभिल क्यापिटलले के गर्न खोजेका हुन् बुझ्न नसकिने कुरा भएको लगानीकर्ताहरु बताउँछन् ।

माछापुच्छ्रेले ४८ हजार ६२३ संस्थापक र तीन लाख २३ हजार २०६ कित्ता साधारण सेयर लिलाममा निकालेको थियो । त्यसमा पेश भएका बोलपत्रहरु आज खोलिदैछन् ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।