सेञ्चुरीले उठाउँदै छ धमाधम साना कम्पनी,अल्पाइनलाई पनि किन्यो

Mar 17, 2017 merolagani

राष्ट्र बैंकले तोकेको आठ अर्ब चुक्तापूँजी पुर्याउन धमाधमा साना कम्पनीलाई उठाइरहेको सेञ्चुरी कमर्सियल बैंकले मकवानपुरको अल्पाइन डेभलपमेन्ट बैंकलाई समेत प्राप्ती गर्ने सम्झौता गरेको छ । यसअघि इन्नोभेटिभ डेभलपमेन्ट बैंक, अरनिको डेभलपमेन्ट बैंक तथा सगरमाथा फाइनान्सलाई प्राप्ती गर्ने प्रक्रिया अगाडि बढाएको  सेञ्चुरीलाई चार संस्था प्राप्ती गर्दा आठ अर्ब पुर्याउन थप बल प्राप्त भएको छ । 

हाल सेञ्चुरीको चुक्ता पूँजी ३ अर्ब ६८ करोड रहेको छ । चार संस्था प्राप्तीबाट  बैंकले करिब २ अर्ब बराबर पूँजी जोड्नेछ । यसो गर्दा समेत बैंकको पूँजी साढे पाँच अर्बको हाराहारीमा मात्रै हुनेछ ।

राष्ट्र बैंकले तोकेको ८ अर्ब पूँजी हकप्रद सेयर जारी गरेर तथा चालु आवको मुनाफाबाट र्पुयाउने लक्ष्य बैंकको छ ।

यसैगरी सबै सँस्थाहरुको प्राप्ति पछि बैंकको कुल शाखा कार्यलयहरु ९० वटा हुनेछन् । अल्पाइन डेभलपमेन्टको भने हाल १५ वटा शाखा सञ्चालनमा रहेका छन् ।

सेञ्चुरीको चालू आवको दोस्रो त्रैमासमा खुद मुनाफा २२ करोड ३९ लाख रहेको छ । बैंकले ३२ अर्ब ६८ करोड निक्षेप संकलन गरी २९ अर्ब कर्जा प्रवाह गरेको छ।

अल्पाईन डेभलपमेन्ट बैंकको नाफा १२२ प्रतिशतले बढ्यो

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।