बजारमा ३५५ मा पाईएको सेयरलाई लिलाममा ३७५ हाल्ने को होला ?

Mar 17, 2017 Merolagani

माछापुच्छ्रेको सेयर बोलकबोलको प्रारम्भिक नतिजा यस्तो छ

सेयर बजारमै प्रति कित्ता ३५५ रुपैयाँमा पर्याप्त सेयर पाईएको अवस्था छ भने त्यही कम्पनीको हकप्रद नबिकेर लिलाममा आएको सेयरलाई ३७५ रुपैयाँ हाल्ने लगानीकर्ता को होलान् ? माछापुच्छ्रे  बैंकको  सेयर लिलामको नतिजा आउँदै गर्दा यो प्रश्नले चर्चा पाएको छ । 

 

माछापुच्छ्रे बैंकले लिलाममा राखेको सेयरको बोलकबोल बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटलमा खोल्ने क्रम जारी छ ।

 एक लगानीकर्ताले प्रति कित्ता ३७५ का दरले ५०० कित्ता सेयर कबुल गरेका छन् । उनको नाम भने सिभिल क्यापिटलले सार्वजनिक गरेको छैन ।

 प्रारम्भिक नतिजा अनुसार बजार मूल्य ३५५ रुपैयाँ भन्दा माथि सेयर कबुल गर्नेहरु पनि थुप्रै देखिएका छन् । 

बिहीबार दोस्रो बजारमा तीन सय ५५ रुपैंयामा अन्तिम पटक किनबेच भएको सेयर अहिलेसम्म खोलिएका बोलकबोलका आधारमा न्युनतम तीन सय २० रुपैंयासम्मका आवेदकले सकार्न पाउने आँकलन मेरोलगानीले गरेको छ । ठूला र संस्थागत लगानीकर्ताले बोलकबोलको अन्तिम दिन गरेको आवेदन मूल्यले भने यसलाई केही परिमार्जन गर्न सक्छ ।

कुल पाँच हजार ५२ वटा आवेदन परेकोमा यो समाचार तयार हुँदासम्म तीन हजार वटा आवेदन खोलिएको छ । बिहान ११ बजेदेखि बोलकबोल खोल्न सुरु गरिएकोमा साँझ आठ बजेसम्ममा अन्तिम नतिजा आउने आँकलन गरिएको छ ।

त्यसै गरी संस्थाक सेयरका लागि कुल ३२ वटा आवेदन परेको छ । संस्थापक सेयरको बोलकबोल खोलिएको छैन । बैंकले ५० प्रतिशत हकप्रद निष्काशन गर्दा नबिकेको तीन लाख २३ हजार दुई सय छ कित्ता साधारण तथा ४८ हजार छ सय २३ कित्ता संस्थापक सेयर लिलाममा राखेको थियो । बैंकले गत मंसिर १९ गतेदेखि माघ २ गते सम्म ५० प्रतिशत हकप्रद निष्काशन गरेको थियो ।

            ...[माछापुच्छ्रे बैंकको सेयर लिलाममा रहस्यमय ढंगले बुझिएन गुड फर पेमेन्ट चेक]...

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।