माछापुच्छ्रे बैंक र सगरमाथा फाइनान्सको लिलामको सेयर कति मूल्य हाल्नेलाई पर्यो ?

Mar 17, 2017 Merolagani

सगरमाथा फाइनान्सका नयाँ सेयरधनीले पनि बोनस पाउने
शुक्रबार सेयर लिलामको बोलकबोल खोलेका माछापुच्छ्रे बैंक र सरगरमाथा फाइनान्सले बोलकबोल खोल्ने काम सकेका छन् । सगरमाथा फाइनान्सको सेयर बितरणको अन्तिम नतिजा मेरोलगानीलाई प्राप्त भएको छ भने माछापुच्छ्रे बैंकको प्रारम्भिक नतिजा मात्र प्राप्त भएको छ । शुक्राबार साँझसम्ममा माछापुच्छ्रेले बोलकबोल मात्र खालेर अन्तिम नतिजा शनिबार सार्वजनिक गर्ने बैंकको सेयर निष्काशन तथा बिक्रि प्रबन्धक सिभिल क्यापिटलले जनाएको छ ।

सिभिल क्यापिटलका एक अधिकारीले मेरोलगानीलाई दिएको जानकारी अनुसार माछापुच्छ्रेको लिलामको सेयर न्युनतम तीन सय २७ रुपैंयाभन्दा माथिका आवेदकले सकार्ने प्रारम्भिक तथ्यांक तयार भएको छ ।

बैंकको बिहीबार दोस्रो बजारमा तीन सय ५५ रुपैंयाका दरले अन्तिम पटक किनबेच भएको सेयरलाई बोलकबोलमा अधिकतम तीन सय ७५ रुपैंयाको आवेदन परेको छ ।

क्यापिटलका अनुसार सेयर पाउने व्यक्तिको संख्या तथा अन्य विबरणको अन्तिम नतिजा शनिबार तयार हुनेछ । उनका अनुसार बैंकको संस्थापक सेयर न्युनतम दुई सय ११ रुपैंयासम्ममा माग गर्ने लगानीकर्ताले पाउने प्रारम्भिक विबरण आएको हो । बैंकको साधारण सेयरका लागि कुल पाँच हजार ५२ वटा आवेदन परेकोमा संस्थापक सेयरका लागि ३२ जनाले आवेदन गरेका थिए ।

बैंकले ५० प्रतिशत हकप्रद निष्काशन गर्दा नबिकेको तीन लाख २३ हजार दुई सय छ कित्ता साधारण तथा ४८ हजार छ सय २३ कित्ता संस्थापक सेयर लिलाममा राखेको थियो । बैंकले गत मंसिर १९ गतेदेखि माघ २ गते सम्म ५० प्रतिशत हकप्रद निष्काशन गरेको थियो । बैंकले फेरी १२ प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरिसकेको छ ।

                 ...[बजारमा ३५५ मा पाईएको सेयरलाई लिलाममा ३७५ हाल्ने को होला ?]...

              ...[माछापुच्छ्रे बैंकको सेयर लिलाममा रहस्यमय ढंगले बुझिएन गुड फर पेमेन्ट चेक]...

उता सगरमाथा फाइनान्सले लिलाम गरेको सेयर बितरणको अन्तिम नतिजा अनुसार न्युनतम दुई सय २० रुपैंयाभन्दा माथिका आवेदकले साधारण सेयर सकारेका छन् । फाइनान्सले दिएको जानकारी अनुसार साधारण
सेयरका लागि अधिकतम दुई सय ९१ रुपैंयासम्मको आवेदन परेको छ । त्यसै गरी फाइनान्सको संस्थापक सेयर एक सय रुपैंयादेखि एक सय चार रुपैंयासम्मका आवेदकलाई बितरण गरिएको फाइनान्सले जनाएको छ । फाइनान्सको साधारण सेयरका लागि एक सय तीस रुपैंयाभन्दा माथिको दरमा आवेदन परेको थियो ।

फाइनान्सको साधारण सेयरका लागि कुल एक हजार नौ वटा आवेदन परेकोमा ७८ जनालाई मात्र सेयर बाँडफाँड गरिएको छ । नौ सय ३१ आवेदक भने रित्तो हात भएका छन् । संस्थापक सेयरका लागि पाँच वटा आवेदन परेकोमा पाँच जनालाई नै सेयर बितरण गरिएको फाइनान्सले जनाएको छ ।

फाइनान्सले केही सअय अघि निष्काशन गरेको ८० प्रतिशत हकप्रद तथा लिलामबाट सेयर सकार्ने लगानीकर्तालाई १८ दशमलव ३० प्रतिशत बोनस पनि बितरण गर्ने भएकाले उच्च मुल्यमा सेयर आवेदन परेको थियो । सेञ्चुरी कमर्शियल बैंकसँग विलय सम्झौता गरेको फाइनान्सले आगामी बैशाख आठ गते साधारण सभा समेत बोलाएको छ ।

फाइनान्सले निष्काशन गरेको ८० प्रतिशत हकप्रद मध्ये बिक्री नभएको सात लाख २० हजार तीन सय १८ कित्ता साधारण तथा एक लाख ६७ हजार एक सय ४४ कित्ता संस्थापक सेयर लिलाममा राखेको थियो ।

                         ...[सेञ्चुरी बैंकले सगरमाथा फाइनान्स एक्वीजीशन गर्ने]...

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।