कुमारी बैंकको ५० प्रतिशत हकप्रद खुल्यो,वैशाख १० गतेसम्म आवेदन गर्न सकिने

Mar 19, 2017 merolagani

कुमारी बैंक (KBL) ले ५० प्रतिशत हकप्रद सेयरको बिक्री खुला गरेको छ । बैंकले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशतले हुने आउने एक करोड ३४ लाख ९५ हजार ८३२ कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको हो ।

बैंकले फागुन २० गतेदेखि बुक क्लोज गरी चैत ९ गतेका लागि साधारण सभा बोलाएको छ । बैंकले गत आर्थिक वर्षको कमाईबाट २१ प्रतिशत बोनस प्रस्ताव गरेको छ ।

बैंकको हकप्रदमा लगानीकर्ताले बैशाख १० गतेसम्ममा आवेदन दिन सक्नेछन् । फागुन १९ गतेसम्म कायम बैंकका सेयरधनीले मात्रै हकप्रदमा आवेदन गर्न पाउनेछन् ।

बैंकको हकप्रद सेयरको बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ ।

हाल बैंकको २ अर्ब ६९ करोड ९१ लाख रुपैयाँ चुक्तापूँजी छ । पचास प्रतिशत हकप्रद वितरण गरेपछि बैंकको पूँजी चार अर्ब चार करोड रुपैयाँ पुग्नेछ । गत आर्थिक वर्षको कमाईबाट २१ प्रतिशत बोनस सेयर बितरण पश्चात बैंकको चुक्ता पूँजी तीन अर्ब २६ करोड ५९ लाख रुपैंया पुग्ने छ ।

कुमारीले काष्ठमण्डप, महाकाली, काँक्रेबिहार विकास बैंक र पश्चिमाञ्चल फाइनान्सलाई एक्वायर गर्ने सम्झौता गरिसकेको छ । यी ४ वटा संस्थालाई एक्वायर गरेपछि कुमारी बैंकको चुक्ता पुँजी ६ अर्ब रुपैयाँ नाघ्नेछ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।