स्ट्याण्डर्ड चार्टर्डको एफपिओमा ३० अर्बको आवेदन

Mar 19, 2017 Merolagani

स्ट्याण्डर्ड चार्टर्ड बैंकले चैत पहिलो साता निष्काशन गरेको २५ लाख ५८ हजार कित्ता थप नयाँ साधारण सेयर (एफपीओ)मा ३० अर्ब रुपैयाँ बराबरको आवेदन परेको छ । बैंकको सेयरमा सामान्य र आस्बा गरी दुई प्रणालीबाट गरी उक्त रकमको आवेदन परेको प्रारम्भिक जानकारी सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलले दिएको छ ।

आस्बाबाट परेको आवेदनको विबरण आउने क्रम जारी रहेकाले अन्तिम नतिजा आउन केही समय लाग्ने क्यापिटलको भनाई छ । उसका अनुसार अनुसार एक लाख ८३ हजार आवेदनबाट उक्त रकम बराबरको सेयर माग गरिएको हो । जसमा आस्बाबाट मात्र ६२ हजारको हाराहारीमा सेयर आवेदन गरी लगानीकर्ताले १७ अर्ब बढीको सेयर माग गरेका छन् ।

चार्टर्डले चैत एक गते मंगलबारदेखि फेस भ्यालू एक सय रुपैयाँमा ११ सय ९० रुपैयाँ प्रिमियम जोडेर १२ सय ९० रुपैयाँका दरले तीन अर्ब ३० करोड रुपैयाँ बराबरको २५ लाख ५८ हजार १४० कित्ता थप नयाँ सेयर (एफपिओ) निष्काशन गरेको थियो ।

चार्टर्ड बैंकको एफपीओमा तीन दिनमा पौने १३ अर्ब रूपैयाँ बराबरको आवेदन परेकोमा शुक्रबारमात्र १७ अर्ब बढीको आवेदन परेको हो । अन्तिम दिन इन्स्योरेन्स कम्पनी लगायत ठुला लागनीकर्ताले यो रकममको आवेदन गरेका हुन् ।

हाल बैंकको चुक्ता पूँजी तीन अर्ब ७४ करोड ९९ लाख रुपैयाँ रहेको छ । एफपिओ निष्काशनपछि बैंकका चुक्ता पूँजी चार अर्ब ५७ करोड १५ लाख रुपैयाँ पुग्नेछ । एफपिआपछि बैंकको संस्थापक र साधारण सेयर संरचना ७०.२१ अनुपात २९.७९ कायम हुनेछ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।