एनएमबिको लाभांस एक महिनामा नलिए के हुन्छ ? मितेरीले भन्यो 'सेयर लिन आउ'

Mar 19, 2017 merolagani

एनएमबि बैंक (NMB) ले आफ्ना सेयरधनीहरुलाई एक महिनाभित्र लाभांश संकलन गर्न सुचना जारी गरेको छ । बैंकले पाँच बर्षयता नगद लाभांश संकलन नगरेका सेयरधनीलाई क्यापिटलको कार्यालय नागपोखरी नक्सालबाट संकलन गर्न भनेको हो ।

बैंकले महिना दिनभित्र नगद लाभांश संकलन नगर्ने सेयरधनीको लाभांश रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा गर्नुपर्ने प्राबधान रहेको भन्दै समयमा नै संकलन गर्न र नगरे उक्त रकम पछि नपाईने जनाएको छ ।

उता मितेरी डेभलपमेन्ट बैंक (MDB) ले चैत ६ गते आईतबारबाट बोनस तथा हकप्रद सेयरको प्रमाणपत्र वितरण गर्न थालेको छ । बैंकले सेयर डिम्याट नगरेका सेयरधनीलाई बैंकको सेयर विक्रि प्रबन्धक प्रभू क्यापिटल मार्फत कागजी प्रमाणपत्र वितरण थालेको हो । असोज ६ गतेसम्म डिम्याट गरिसकेका सेयरधनीलाई भने बैंकले बोनस तथा हकप्रद दुबै सेयर सिधै खातामा पठाएको जनाएको छ ।

 

 

बोनस तथा हकप्रद सेयर प्रमाणपत्र लिन आउँदा दरखास्त फारमको अर्धकट्टीका साथै आधिकारीक परिचपत्र, सेयर प्रमाणपत्रको सक्कल प्रमाणपत्र वा प्रतिलिपीका साथ आउन भनेको हो । गत आर्थिक बर्षको कमाईबाट ३० प्रतिशत बोनस वितरण गरेको मितेरीले केही समय अघि ५० प्रतिशत हकप्रद सेयर जारी गरेको थियो ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।