एनआइसी एसीया बैंकको १५ प्रतिशत हकप्रद सुरक्षित गर्ने आईतबार अन्तिम दिन

Mar 19, 2017 merolagani

एनआइसी एसिया बैंकले चैत १६ गतेदेखि निष्कासन खुला गर्न लागेको १५ प्रतिशत हकप्रद सेयर सुरक्षित गर्ने गर्ने आईतबार अन्तिम दिन हो । हकप्रदका लागि बैकले चैत ७ गतेदेखि सेयरधनी दर्ता किताब बन्द गर्ने भएकाले आईतबारसम्म बैंकको सेयरमा स्वामित्व प्राप्त गरेका सेयरधनीले सो हकप्रद भर्न पाउनेछन् ।

बैकले एक सय कित्ता बराबर १५ कित्ता अनुपातमा ८७ करोड २९ लाख ४७ हजार पाँच सय रुपैयाँ बराबरको प्रतिकित्ता एक सय रुपैयाँ दरले ८७ लाख २९ हजार ४७५ कित्ता हकप्रद सेयर बिक्री खुला गर्न लागेको हो ।

एनआइसीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट रहेको छ । हकप्रद सेयरमा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट कमलादी तथा एनआइसी एसिया बैंकको मुख्य कार्यालय थापाथली तथा अधिकांश शाखा कार्यालयबाट आवेदन गर्न सकिन्छ । चैत १६ गते खुला हुने बैंकको हकप्रद वैशाख १९ गते बन्द हुनेछ ।

एनआइसी एसियाले राष्ट्र बैंकले तोेकेको आठ अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्याउन १५ प्रतिशत हकप्रद सेयर जारी गर्न लागेको हो । हाल बैंकको चुक्ता पुँजी पाँच अर्ब ८१ करोड ९६ लाख रुपैयाँ रहेको छ । हकप्रद सेयर निष्कासनपछि बैंकको चुक्ता पूँजी छ अर्ब ६९ करोड २५ लाख रुपैयाँ पुग्नेछ ।

चालु आर्थिक बर्षको अर्धबार्षिक अवधिमा बैंकले ७२ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी २४ रुपैयाँ ८० पैसा कायम गरेको छ ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।