सिद्धार्थ इन्स्योरेन्स कम्पनीले एक सय रुपैँया अङ्कित दरको ८ लाख ६२ हजार १ सय २५ कित्ता हकप्रद शेयर निष्काशन गर्न बोर्डको अनुमति मागेको हो । कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केटलाई नियुक्त गरेको छ । इन्स्योरेन्स कम्पनीले पाँच दशमलव दुई बराबर एकको अनुपातमा (५.२ : १) अनुपातमा हकप्रद शेयर जारी गर्न लागेको हो ।
कम्पनीको अघिल्लो बर्षको चौधौं बार्षिक साधारण सभाले चुक्ता पूँजीको २५ प्रतिशत हकप्रद जारी गर्ने प्रस्तावलाई कम्पनीको पन्ध्रो बार्षिक साधारण सभाबाट बोनस सेयरले समेतले पाउने गरी १९.२३ प्रतिशतका दरले ८ करोड १२ लाख ६२ हजार पाँच सय रुपैँया बराबरको हकप्रद जारी गर्न लागेको हो ।
३४ करोड ४८ लाख चुक्ता पूँजी रहेको सिद्धार्थ इन्स्योरेन्सको हकप्रद सेयर जारी गरेपछि कम्पनीको चुक्तापुँजी ४३ करोड रुपैयाँ नाघ्नेछ । कम्पनीले पुस मसान्तसम्ममा ८ करोड ३३ लाख ८८ हजार नाफा कमाएर प्रतिसेयर आम्दानी २४ रुपैँया १८ पैसा कायम गरेको छ ।