सोही दिन नै एस डेभलपमेन्ट बैंकले समेत विशेष साधारणसभा बोलाएको छ ।
इन्भेष्टमेण्ट बैंकले एस डेभलपमेण्ट बैंकलाई १ बराबर शुन्य दशमलव ४१ सेयर स्वाप रेशियोमा खरिद गर्न लागेको हो । अब एस डेभलपमेण्ट बैंकका लगानीकर्ताले आफ्नो १ सय कित्ता शेयर बराबर इन्भेष्टमेण्ट बैंकको ४१ कित्ता शेयर पाउने छन् ।
एक अर्ब २० करोड चुक्ता पूँजी भएको एसलाई आफुमा गाभे पछि इन्भेष्टमेण्ट बैंकको चुक्ता पूँजी झण्डै ९ अर्ब २० करोड पुग्नेछ । हाल बैंकको आठ अर्ब ७० करोड चुक्ता पूँजी रहेको छ ।
इन्भेष्टमेन्ट बैंकले पुषमसान्तसम्मा एक अर्ब ५८ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । एसले अर्धबार्षिक अवधिमा १२ करोड ९८ लाख रुपैँया खुद नाफा गरेको छ
इन्भेष्टमेन्ट बैंकले एक खर्ब १६ अर्ब निक्षेप संकलन गरेर झण्डै ९७ अर्ब कर्जा प्रबाह गरेको छ ।