एनआइसीको हकप्रद समायोजनपछिको ४०३ रुपैयाँमा मूल्य समायोजन भएको छ भने ग्लोबलको बोनसपछि सोमबार प्रतिकित्ता ३५९ रुपैयाँमा मूल्य समायोजन भएको हो । एनआईसी बैंकको औसत आधार मूल्य ५६३ रुपैयाँ तथा ग्लोबलको औसत आधार मूल्य ३८९ रुपैयाँ छ ।
एनआइसीले चैत १६ गतेदेखि वैशाख १९ गतेसम्म एक सय बराबर पन्ध्र कित्ताको अनुपातमा ८७ लाख २९ हजार ४७५ कित्ता हकप्रद सेयर बिक्री खुला गर्दैछ । ग्लोबल आइएमइले बैंकले चैत २१ गते साधारण सभा प्रयोजनका लागि सोमबारदेखि सेयरधन्री किताब बन्द गरेको छ ।
उता एक्सेल डेभलपमेन्ट बैैंक (EDBL) को २५ प्रतिशत बोनसको मूल्य समायोजन पनि सोमबारै भएको छ । बैंकको बोनस पश्चात बैंकको समायोजित मूल्य ५२० रुपैँया कायम भएको छ । बैंकको औषत आधारभूत मूल्य ५०७ रुपैँया रहेको छ । बैंकले चैत १९ गते साधारणसभा गर्देछ जसमा २५ प्रतिशत बोनसका साथै बोनसपछि ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव साधारसभामा लैजादैछ ।