साझा बस भक्तपुर पनि जाने भए पछि यातायात व्यवसायीको अवरोध

Mar 20, 2017 Merolagani

यातायात क्षेत्रको सिण्डिकेट तोड्ने बहस चलिरहेका बेला भक्तपुरका यातायात ब्यवसायीले त्यसलाई ठाडो चुनौती दिँदै भक्तपुरमा साझा यातायात प्रवेश नगराउन चेतावनी दिएका छन् । साझा यातायातको भक्तपुर प्रवेशले आफ्नो सिण्डिकेटको अन्त्य हुने भन्दै आफ्नो सिण्डिकेटमा साझाले हस्तक्षेप गरे भक्तपुरका ग्रामीण भेगका सम्पूर्ण रुट ठप्प पार्ने चेतावनी उनीहरुले दिएका हुन् ।

भक्तपुरमा पत्रकार सम्मलेनको आयोजना नै गरेर भक्तपुरका यातायात व्यवसायीले दादागिरी प्रस्तुत गर्दै साझा यातायातको सेवामा प्रतिष्पर्धा गर्न नसक्ने भएकाले यस्तो चेतावनी दिएका हुन् । उनीहरुले साझा यातायातले शहरी भेगमा मात्र रुट सञ्चालन गर्न लागेको भन्दै त्यसको बिरोध गरेको बताए पनि सो क्षेत्रमा समेत प्रतिष्पर्धा गर्न नसक्ने डरले यस्तो चेतावनी दिएका हुन् । यसबाट यातायात व्यवशायी नै सिण्डिकेटमा सक्रिय हुने गरेका कारण सर्वसाधारणले सहज किसिमको यातायात सेवा पाउन नसकेको प्रष्ट भएको छ ।

भक्तपुर मिनिवस सेवा समितिका अध्यक्ष ज्ञानेन्द्र महर्जनले समिति अन्र्तगतका १७ रुटका तीन सय ३७ गाडी सञ्चालनमा रहेपनि यात्रुहरुको सेवालाई ध्यान दिएर थप ४० वटा साझा बस भक्तपुरमा प्रवेश गराउन लागिएको भन्दै त्यस्तो भएको खण्डमा ग्रामीण रुट ठप्प पार्ने बताए । ग्रामीण भेगमा घाटा सहेर यातायात सञ्चालन गरिरहेको दाबी गरेका उनले कति घाटा भयो भन्ने तथ्यांक भने सार्वजनिक गरेनन् । शहरी भेगमा नाफा कमाउने हिसावले साझा बस भित्राउन खोजिएको आरोप लगाएका उनले साझाको भक्तपुर प्रवेशले सेवाग्राहीले पाउने सेवालाई भने व्याख्या गरेनन् ।

सरकारले यस अघि भक्तपुरमा साझा बस नपठाएको बताएका उनले साझा बस भन्दा सुबिधा सम्पन्न बस काठमाण्डौंमा भित्रिन थालेपछि नाफा कमाउन नसकेर साझा भक्तपुर प्रवेशमा तल्लिन रहेको आरोप लगाए । उनले पत्रकार सम्मलेनमा गर्जिँदै भने, ‘ हामी साझा बसको भन्दा बढी सुबिधा दिने तयारी गर्दै गर्दा किन बिवाद बढाएको हो बुझ्न सकेको छैनौ ।’ कसले अनि किन विवाद सुरु गरिहेको उनको यो आक्रोसबाट प्रष्ट हुँदा हुँदै गरिएको प्रश्नले यातायात क्षेत्रमा आधुनिक सेवा दिनबाट बञ्चित गराउन व्यवशायी नै सक्रिय रहेको प्रष्ट भएको छ ।

कोटेश्वर पूर्व बस समन्वय समितिका अध्यक्ष बलराम त्वानाबासुले मिनीबस सेवा समितिले ४१ सिट क्षमताको लामो बस ४० वटा ल्याउन लागेको भन्दै भक्तपुरका यातायात व्यवसायीको बचाउ गर्न खोजे पनि प्रकृया कहाँ पुग्यो अनि कहिले बस भित्रिन्छन् भन्ने प्रष्ट पारेनन् । बरु उनले काठमाडौको रुटमा घाटा भएपछि साझा बस भक्तपुरमा चलाउन खोजिएको भन्दै विरोध जनाए ।

नयाँ आउन लागेका साझा बस नयाँ नभएको र त्यसले जनताको समस्याको सम्बोधन नगर्ने दाबी गरेका उनले आफुहरुले कसरी राम्रो सेवा दिने भन्ने योजना पनि बताएनन् । यात्रुहरुको सेवा सुविधालाई ध्यान दिँदै समितिले प्रति मिनेट प्रति बसको आधारमा सेवा दिँदै आएको बताएका उनले यात्रुले बसमा झुण्डिएर यात्रा गर्नु परेको समस्या भने खोल्न चाहेनन् ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।