मुक्तिनाथको ३४ प्रतिशत बोनसमा कति तिर्नु पर्छ कर ? हेर्नुहोस् तपाईको कति

Mar 21, 2017 Merolagani

मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्षको कमाईबाट बितरण गरेको ३४ प्रतिशत बोनस सेयर पाउन लगानीकर्ताले कर तिर्नु पर्ने भएको छ । २०७२ असार असान्त पछि सेयर खरिद गरेका लगानीकर्तालाई बैंकले कर वापतको रकम जम्मा गरिदिन आग्रह गरेको हो । कर तिरे पछि मात्र लगानीकर्ताको डिम्याट खातामा बोनस सेयर पठाइने बताएको हो ।

बैंकले मुक्तिनाथ विकास बैंकमा रहेको खाता नम्बर ०१३ ९२७ ७३५ ०१० १५ मा कर वापतको रकम जम्मा गर्न भनेको छ । उसले लगानीकर्तालाई बोनसको कर वापतको रकम जम्मा गर्दा डिम्याट खाता पनि उल्लेख गर्न आग्रह गरेको छ । नामबाट मात्र कर वापतको रकम जम्मा गर्दा लगानीकर्ताको पहिचान गर्न समस्या भई निर्धारित समयमा सेयर डिम्याट खातामा पठाउन नसकिने भन्दै डिम्याट खाता पनि भौचरमा उल्लेख गर्न आग्रह गरेको हो ।

बैंकले ५० प्रतिशत हकप्रद सेयर यस अघि नै लगानीकर्ताको डिम्याट खातामा पठाएको छ । कागजी प्रमाणपत्र भएका लगानीकर्ताको हकमा भने सेयर अभौतिक गरिए पश्चात मात्र डिम्याट खातामा सेयर पठाउने भन्दै बैंकले सेयर अभौतिक गराउन पनि आग्रह गरेको छ । बैंकले सूचना प्रकाशित गर्दै लगानीकर्तालाई कागजी प्रमाणपत्र अभौतिक गराए पछि हकप्रद सेयर डिम्याट खातामा पठाउने प्रष्ट पारेको हो । उसले आफुसँग भएका कागजी प्रमाणपत्र अभौतिक गराएर बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल क्यापिटलमा सम्पर्क राख्न पनि लगानीकर्तालाई आग्रह गरेको छ ।

 

मुक्तिनाथको सेयर बन्धक राखि ऋण लिएका लगानीकर्ताहरुलाई सम्बन्धित संस्थाको स्वीकृति पत्र उपलब्ध गराए पछि मात्र सेयर डिम्याट खातामा जम्मा गरिने बताएको छ ।

तपाईले कति तिर्नु पर्छ बोनस वापत कर ? विबरण हेर्न यहाँ क्लिक गर्नुहोस् । आफ्नो डिम्याट खाता नम्बर राखेर तिर्नु पर्ने कर थाहा पाउनुहोस् ।

उता सनराइज बैंकले पनि लगानीकर्तालाई बोनस वापतको कर रकम जम्मा गर्दा डिम्याट खाता उपलब्ध नगराएका कारण लगानीकर्ता पहिचानमा समस्या भएको भन्दै १६ अंकको डिम्याट खाता समेत उपलब्ध गराउन लगानीकर्तालाई आग्रह गरेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।