नेपाल एसबिआई बैंकले ४० प्रतिशत हकप्रद जारी गर्ने

Mar 21, 2017 merolagani

नेपाल एसबिआई बैंक चुक्तापूँजीको ४० प्रतिशत हकप्रद निष्काशनको अनुमति माग्न धितोपत्र बोर्ड पुगेको छ । बैंकले बोर्डमा हकप्रदको अनुमति माग गर्दे चैत ७ गते निवेदन दिएको बोर्डले जनाएको छ । एसबिआई बैंकले चुक्ता पूँजीको ४० प्रतिशतले हुन आउने एक अर्ब ९९ करोड १९ लाख ४२ हजार ३६० रुपैँयाको हकप्रद जारी गर्न अनुमति माग गरेको हो । 

धितोपत्र बोर्डले स्वीकृती प्रदान गरेपछि बैंकले एक सय रुपैँया अंकित दरका एक करोड ९९ लाख १९ हजार चार सय २३.६० कित्ता हकप्रद जारी गर्नेछ । हकप्रद निष्काशनका लागि बैंकले एनएमबि क्यापिटललाई बिक्री प्रवन्धक नियुक्त गरेको छ ।

केही समय अगाडि ९७१ रुपैँयामा ६७ हजार ७ सय ६७ कित्ता एफपीओ निकालेको कम्पनीले गत माघ २७ गते २३ औं बार्षिक साधारणसभा सम्पन्न गरेको थियो । गत बर्षको कमाईबाट लगानीकर्तालाई २८ प्रतिशत बोनस प्रदान गरेको बैंकको साधारणसभाबाट ४० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको थियो । पुस मसान्तसम्म बैकको चुक्तापूँजी ३ अर्ब ८८ करोड रुपैयाँ रहेको थियो बोनस वितरण पश्चात बैंकको पूँजी ४ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ भने ४० प्रतिशत हकप्रद पश्चात बैंकको पूँजी झण्डै ७ अर्ब रुपैयाँ पुग्नेछ ।

बैंकले चालु आर्थिक बर्षको पुस मसान्तसम्ममा ७५ करोड ८७ लाख रुपैँया खुद नाफा कमाएर प्रतिसेयर आम्दानी ३९ रुपैँया कायम गरेको छ । एसबीआई बैंकमा भारतको स्टेट बैंक अफ ईण्डियाको बहुमत सेयर लगानी छ । बैंकले ७३ शाखा, ८६ एटिएम तथा ६७८ जना कर्मचारी मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।