बैंकले एक अर्ब ५९ करोड १७ लाख रुपैयाँ बराबरको एक करोड ५९ लाख १७ हजार छ सय १७ कित्ता सेयर निष्काशन गर्न लागेकोे हो । जस अनुसार बैंकको दश कित्ता सेयर हुनेले तीन कित्ता सेयरका लागि आवेदन गर्न पाउनेछन् ।
३० प्रतिशत हकप्रद बिक्री गरेपछि बैंकको चुक्ता पुँजी ६ अर्ब ८६ करोड रुपैयाँ पुग्नेछ ।
नेपाल राष्ट्र बैंकले तोकेको पूँजी पुर्याउन आगामी असार मसान्तसम्ममा बैंकले थप एक अर्ब १४ करोड रुपैंया पूँजी बिस्तार गर्नु पर्ने हुन्छ । बैंकले बाँकी नपुग रकम चालु आर्थिक बर्षको बोनसबाट पुर्याउने छ ।
सानिमाले हकप्रद निष्काशनका लागि सिबिआईएल क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।