देवः विकास बैकले युनियन फाइनान्स प्राप्ति गर्ने

Mar 22, 2017 merolagani

देवः विकास बैक लिमिटेड (DBBL) ले युनियन फाइनान्स लिमिटेडलाई प्राप्ति गर्ने भएको छ । मंगलबार दुई संस्था बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । एक्वायर पश्चात कम्पनीको पूँजी एक अर्ब ६२ करोड पुग्नेछ ।

समझदारी पत्रमा देवः विकास बैक लि.को तर्पmबाट संचालक समितिका अध्यक्ष प्रा.डा. सुवर्ण लाल बज्राचार्य र युनियन फाइनान्स लि.को तर्पmबाट संचालक समितिका अध्यक्ष भक्त बहादुर मल्लले हस्ताक्षर गरे ।

आषाढ मसान्तसम्म तोकिए चुक्ता पूँजी पु¥याउन बैंकले एक्विजिशन सम्झौता गरेको हो । दोस्रो त्रैमासिक प्रतिवेदन अनुसार हाल देव विकास बैंकको एक अर्ब ४४ लाख रुपैयाँ चुक्तापूँजी रहेको छ भने युनियन फाइनान्सको १७ करोड ६५ लाख रुपैयाँ रहेको छ ।

देव विकास बैंकले ५० प्रतिशत हकप्रद बिक्री गरेको छ । हकप्रद र  एक्वायरपछि देव विकास बैंकको चुक्तापूँजी एक अर्ब ६२ करोड रुपैयाँ पुग्ने बताइएको छ ।

बैंकले यो संस्था प्राप्ति पछि नपुग चुक्ता पूँजीको लागि थप संस्थाहरु प्राप्त÷मर्जर गर्ने योजना सहित कार्य गरिरहेको जनाएको छ ।

साथै, उक्त संस्था प्राप्ति पछि संस्थाको नाम देवः विकास बैक लि. नै रहने तथा संचालक समितिको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत समेत देवः विकास बैंक लि. कैं रहने समझदारी भएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।