हिमालयन पावरको साधारण सेयर बाँडफाँड

Mar 22, 2017 merolagani

हिमालयन पावर पार्टनर लिमिटेड (HPPL) ले स्थानीय बासिन्दालाई बिक्री गरेको १० लाख ६५ हजार ४१७ कित्ता सेयर बाँडफाँड गरेको छ । आयोजना प्रभावित ६ गाविसका बासिन्दालाई पचास प्रतिशत तथा  ६ गाविस बोहकका  अन्य लमजुङबासीलाई ५० प्रतिशत सेयर बाँडफाँड गरिएको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।

 

कम्पनीले आयोजना प्रभावित लमजुङ जिल्लाको चिती, ढोडेनी, बन्सर, नौथर, श्रीमञ्ज्याङ, अर्चलबोट गाविसका बासिन्दालाई ५ लाख ३२ हजार ७०८ कित्ता र बाँकी लमजुङ जिल्लाबासीलाई ५ लाख ३२ हजार ७०९ कित्ता सेयर बाँडफाँट गरेको हो ।

आयोजना प्रभावित ६ गाविसका बासिन्दाले न्यूनतम ५० कित्ता सेयर आवेदन दिनेले गोलाप्रथाबाट ३४ कित्ता पाएका छन् भने अन्य जिल्लाबासीले चाहिँ समानुपातिक हिसाबले सेयर बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ ।

हिमालयन पावरले माघ १७ देखि फागुन २ गतेसम्म १० लाख ६५ हजार ४१७ कित्ता साधारण सेयरको बिक्री खुला गरेको थियो । यसमा कुल नौ हजार ४७४ आवेदन फारम मार्फत ३१ लाख ४१ हजार ९३५ कित्ता सेयरको माग आएको थियो ।

बाँडफाँडमा नरपरेका लगानीकर्ताको रकम चैत १५ गतेदेखि आवेदन फारममा उल्लेख गरिएको बैंक खातामा पठाइने बिक्री प्रबन्धकले जानकारी दिएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।