एकै दिन हकप्रदको प्रस्ताव लिएर धितोपत्र बोर्ड पुग्ने तीन बैंक चिन्नुहोस्

Mar 22, 2017 Merolagani

नेपाल राष्ट्र बैंकले तोकेको पूँजी पुर्याउने दौडधुपका क्रममा एकै दिन तीन वित्तीय संस्था धितोपत्र बोर्ड पुगेका छन् । सनराइज बैंक, गरिमा विकास बैंक र गुडविल फाइनान्स हकप्रद निष्काशनका लागि अनुमति माग्दै धितोपत्र बोर्ड पुगेका हुन् । यो सँगै धितोपत्र बोर्डमा हकप्रदको अनुमति पर्खिएर बसेका कम्पनीको संख्या २५ पुगेको छ ।

चालु आर्थिक वर्षको सुरुवात पछि मात्र धितोपत्र बोर्डले ४१ सुचिकृत कम्पनीहरुलाई हकप्रद सेयर निष्काशनको अनुमति दिइसकेको छ । सोही क्रममा हकप्रद अनुमतिका लागि सनराइज, गरिमा र गुडविल बोर्ड पुगेका हुन् ।

सनराइज बैंक हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद निष्काशनको अनुमति माग्दै धितोपत्र बोर्ड पुगेको हो । त्यसै गरी गरिमा विकास बैंक हाल कायम चुक्ता पूँजीको ७० प्रतिशत हकप्रद निष्काशनको अनुमति माग्दै बोर्ड पुगेको छ भने गुडविल फाइनान्स पनि हाल कायम चुक्ता पूँजीको ६० प्रतिशत हकप्रद निष्काशनको माग गर्दै बोर्ड पुगेको हो ।

सनराइज बैंकले अहिलेको पूँजीको ३० प्रतिशतले हुने एक करोड ६३ लाख ५९ हजार छ सय ३६ कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो । गरिमा विकास बैंकले पनि ७० प्रतिशतका दरले हुने ९० लाख ७६ हजार दुई सय ९६ कित्ता सेयर निष्काशन गर्न लागेको हो । गुडविल फाइनान्सले पनि अहिले कायम पूँजीको ६० प्रतिशतले २७ लाख २२ हजार पाँच सय कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।

सनराईज बैंकको साधारणसभा कार्तिक ७ मा

गरिमाले पारित गर्यो २० प्रतिशत बोनस र ७० प्रतिशत हकप्रद

गुडविल फाईनान्सले २५ प्रतिशत बोनसपछि ६० प्रतिशत हकप्रद जारी गर्न बोलायो साधारणसभा

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।