सेयर बजार बढ्दै जाँदा कस्ता कम्पनीमा सुरक्षित लगानी गर्ने ? (केही सुझावहरु सहित)

Mar 23, 2017 Merolagani

सेयर बजारको भित्ता हरियै भएर नेप्से बढेको समाचार जति धेरै फैलिन्छ, त्यति नै सेयर बजारमा आउने लगानीकर्ताहरुको संख्या बढ्दै जान्छ र सेयरको मूल्य बढेसँगै जोखिमको मात्रा पनि थपिदै गएको हुन्छ । यस्तोे बेलामा नयाँ तथा साना लगानीकर्ताहरुका लागि कस्ता कम्पनीमा लगानी सुरक्षित हुनसक्छ भन्ने बारेमा यहाँ केही सुझावहरु प्रस्तुत गरिन्छः

यस्ता कम्पनीको सेयर किन्दा सुरक्षित

नेपालको अहिलेको सेयर बजार बृद्धिको बस्तुगत अध्ययन गर्दा तल उल्लेखित आधारमा ३०० देखि ७०० रुपैयाँसम्म प्रति सेयर मूल्य रहेका बाणिज्य बैंक र १,००० रुपैयाँसम्म प्रति सेयर मूल्य रहेका बिमा कम्पनीहरुको सेयरमा लगानी सुरक्षित छ । केही बाणिज्य बैंक र बिमा अपबाद पनि हुनसक्छन् ।

बाणिज्य बैंक तथा बिमा कम्पनीको सेयर किन्दा जाँच्नुपर्ने आधारभुत कुराहरु

१. बिगत तीन बर्षको बित्तीय बिबरण अध्ययन गर्दा खुद नाफा र प्रतिफल अर्थात बोनस सेयर बितरण १० -२० - ३० डिग्री कोणमा हुने गरी क्रमशः बृद्धि गर्दै गएको
२. कम्पनीको संस्थागत सुशासन सवल वा बिगतमा बिग्रिए पनि विस्वसनीय रुपमा सुधारोन्मुख रहेको
३. कम्पनीको पूँजी आधार पर्याप्त रहेको, चुक्ता पूँजी बढेको तर त्यो भन्दा जगेडा कोष बलियो र बाड्न मिल्ने रकम धेरै रहेको
४. कम्पनीको ब्यापार, कारोबार बढेको र अझै बढाउने पर्याप्त आधारहरु देखिएको
५. चालु र आगामी आर्थिक बर्षहरुमा बढ्दो दरमा बोनस सेयर दिने क्षमता भएको
. हकप्रद भन्दा बोनस सेयर धेरै दिने क्षमता भएको
७. दोस्रो बजारमा सेयर मूल्य कुनै कारणले घट्यो भने पनि उसले जारी गर्ने बोनस र हकप्रद सेयरले मूल्य खाम्ने अबस्था भएको
८. आफै चुक्ता पूँजी पुर्याउन सक्षम रहेको
९. अरु संस्थासँग मर्जमा गएर सेयर बन्धक बन्ने अबस्था नभएको
१०. बजारमा धेरै सेयर भएको, सिमित ब्यक्ति र एउटा सानो समूहको हातमा मात्रै सेयर नरहेको
११. पहिलेको बढाईमा मूल्य धेरै माथि पुगेर दोब्बर, तेब्बर तल आई अहिले भर्खर बढ्न थालेको र धेरै नउचालिएको
१२. कम्पनीका संचालक प्रतिष्ठित र स्वच्छ रहेको

 

लगानी गर्ने तरिका

. कम्तिमा १० वटा राम्रा कम्पनी छान्ने
. १० मध्ये पाँच वटा बाणिज्य बैंक र पाँच बिमा कम्पनीहरुको सेयर बराबर संख्यामा किन्ने
. एउटा मात्रै कम्पनीमा भएभरको पैसा लगानी गरेर सेयर नकिन्ने
घ. आफुसँग जगेडा पैसा जहिले पनि राखिरहने किनभने सस्तोमा सेयर किन्ने अवसर बारम्बार आईरहन्छ ।
ड. अरुको लहै लहै र हल्लाका पछाडि लागेर सेयर किनबेच गर्दै नगर्ने, आफैले पर्याप्त अध्ययन गर्ने, तथ्य भिडाउने र उचित निर्णय गर्ने । हल्ला गरेर साधारण लगानीकर्ता उचाल्न र तर्साउन केही समूह वा ब्यक्तिहरु बजारमा परिचालित भईरहेका हुन्छन् भन्ने हेक्का सधै राख्ने ।
च. राम्रो सेयर किन्ने, बलियोसँग समाउने
छ. सेयरको ब्यापार गर्छु भनेर सेयर किनबेच गर्दै नगर्ने, लगानी गरेको हो भनेर सोच्ने
ज. आफ्नो आर्थिक अबस्था र जोखिमबहन क्षमता मुल्यांकन गरी कम्तिमा एक बर्षदेखि तीन बर्षका लागि लगानी गर्ने
झ. प्रायोजित समाचार वा हकप्रदको हल्ला गर्ने कम्पनीहरुमा लगानी गर्दै नगर्ने
ञ. बजार बढेर बिक्रीमा आएको सेयर अभाव भएको बेला सस्तोमा पायो भन्दैमा मूल्यहिन कम्पनीहरुको सेयर किन्दै नकिन्ने
ट. नेप्से बढेर वा घटेर कहाँ पुग्यो भनेर उत्तेजित वा आतंकित नहुने, आफ्नो सेयरको मूल्य हेर्ने र सोही बमोजिमको योजना बनाउने

कहिले बेच्ने ?

-आफुलाई पैसा आबश्यक पर्दा मूल्य बढेर पर्याप्त फाईदा भएको अबस्थामा बेच्ने
- दीर्घकालीन लगानी गर्दा सेयर नबेचेरै राख्दा पनि धेरै फाईदा हुन्छ ।
- आर्थिक समस्या समाधान गर्न सेयर धितो राखेर कर्जा पनि लिन सकिन्छ तर सेयरको मूल्य घट्यो भने त्यस्तो कर्जा चुक्ता गर्ने वा सेयर थप गर्नसक्ने क्षमता बनाई राख्ने ता कि मूल्य घटेको बेला मार्जिन कल आई बाध्यताबश सेयर बेचेर घाटा खानु नपरोस ।

 

याद राख्नुपर्ने कुराहरु

 

सेयर बजारमा माग र आपुर्तिको नियमले मुख्य भुमिका खेल्छ । माग बढ्दा मूल्य पनि बढ्नसक्छ र आपुर्ति बढ्दा मूल्य पनि घट्नसक्छ ।

आधारभुत अबस्था राम्रो भएको कम्पनीको सेयर मूल्य पनि माग र आपुर्तिको नियमले घटबढ भईरहन्छ ।

सधै सेयर बजार बढिरहन्छ र सधै घटि नै रहन्छ भन्ने ठान्नुहुन्न । रातपछि दिन भने जस्तै घटेपछि बढ्नु स्वभाविक छ ।

कम्पनीको अबस्था परिवर्तन, अर्थतन्त्रको अबस्था, तरलता, अन्यत्र लगानीको वातावरण, राजनीति, ठूला घटनाहरु, लगानीकर्ताको मनोबल लगायतका कारणले सेयर बजारमा परिवर्तन आउनसक्छ ।

घटबढ भईरहने सेयर बजारको सुन्दरतम पक्ष हो, यससँग डराउने, बढी उत्तेजित हुने हैन, सामना र जोखिम ब्यवस्थापन गर्ने अभ्यास गर्नुपर्छ ।

सेयर बजारको लगानी जोखिमको क्षेत्र हो तर जुवा घर हैन । सेयरको ब्यापार गर्यो भने जुवा घर जस्तै हुनसक्छ, राम्रो कम्पनीमा विवेकपूर्ण लगानी गरेको हो भने प्रतिफल अबश्य मिल्छ ।

नेप्से घटेर कहाँ पुग्ला र कहाँसम्म बढ्ला ? कसैले ठ्याक्कै भन्नसक्दैन, अनुमान लगाउनेहरुको कुरा पनि अहिलेसम्म मिलेको छैन । त्यसैले त्यस्ता ज्योतिषीहरुको पछाडि नलागेकै राम्रो ।

केही स्पष्टिकरण

-मूल्य आम्दानी अनुपात १५ गुणा भन्दा कम रहेका कम्पनीहरुमा लगानी सुरक्षित हुन्छ । यसलाई नयाँ तथा साना लगानीकर्ताहरुले खुट्याउँन धेरै मेहनत गर्नुपर्ने भएकाले सेयर मूल्यलाई आधार बनाई सरल रुपमा सुझाव प्रस्तुत गरिएको छ ।

-मध्यमस्तरका बाणिज्य बैंक र बिमा कम्पनीहरुको चालु बर्ष र त्यसपछिका प्रतिफलहरुको आँकलन गरिएको छ ।

-उल्लेखित मूल्य र प्रकृति बाहेकका कम्पनीहरुमा लगानी गर्नेले आफ्नो जाखिम बहन क्षमता र संभावित प्रतिफलको आँकलन गर्न सक्षम हुनुपर्ने देखिन्छ ।

-केही सबल र ब्यापक पूँजी आधार भएका लघुवित्त, जलबिद्युत कम्पनी, सेवा र अन्य क्षेत्रको कम्पनी, बिकास बैंक र फाईनान्सका सेयर पनि लाभदायक हुनसक्छन् तर सम्बन्धित कम्पनीको अबस्था तुलनात्मक रुपमा गहन अध्ययन नगरी त्यसको सेयर मूल्य बढ्छ भन्दैमा लगानी गर्नु घातक हुनसक्छ । यस्ता कम्पनीहरुमा जोखिम धेरै हुनसक्छ । 

-यहाँ प्रस्तुत गरिएका सुझावहरु नयाँ तथा साना लगानीकर्ताहरुको हकमा मात्र लागु हुन्छ । बर्षौदेखि सेयर बजारमा अभ्यस्त रहेका, ठूला र अन्य प्रकारका लगानीकर्ताहरुले आफै निर्णय गर्न सक्षम भईरहेका होलान् भन्ने बिस्वास गरिन्छ ।

-यहाँ सुरक्षित लगानीका लागि प्रोत्साहित गर्न मात्र खोजिएको हो, उकास्न वा हतोत्साहित पार्न खोजिएको हैन ।

-लगानीका अनुभवहरुमा यी सुझावहरु प्रस्तुत गरिएका छन जसलाई सबैले अबलम्बन गर्नेपर्छ भन्ने पनि छैन ।

-कुन कम्पनीको सेयरमा कहिले लगानी गर्ने भन्ने निर्णय गर्न हरेक लगानीकर्ता स्वतन्त्र हुन्छन् भन्ने मान्यता स्थापित गर्न मेरोलगानी डटकम सधैं प्रतिबद्ध छ ।

-आधारभुत अबस्था बिश्लेषण गरी आफ्नो विवेकले सुरक्षित लगानी गरौं ।

-राम्रो कम्पनीको सस्तो सेयरमा विवेकपूर्ण लगानी गरिएको अबस्थामा नेपालको सेयर बजारमा गरिएको लगानीबाट धेरै फाईदा लिनसक्ने अवसर छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।