४० प्रतिशत हकप्रद प्रस्ताव गरेर सेञ्चुरीले बोलायो साधारणसभा, बोनस पाउन कहिलेसम्म किन्नुपर्छ सेयर ?

Mar 23, 2017 merolagani

सेञ्चुरी कमर्सियल बैंक (CCBL) ले सेयरधनीलाई १० प्रतिशत बोनसपछि ४० प्रतिशत हकप्रद सेयर दिने प्रस्ताव राखेर चैत ३१ गते छैठौं साधारणसभा बोलाएको छ । बैंकको २२५ औं सञ्चालक समिति बैठकलले साधारणसभा प्रयोजनका लागि चैत १८ देखि ३१ गतेसम्म शेयरधनी किताब बन्द गर्ने भएको छ । बोनस प्राप्त गर्न बैंकको सेयर चैत १७ गतेसम्म किनिसक्नुपर्ने हुन्छ । 

बैकले बोनसका साथै इनोभेटिभ र अरनिको डेभलपमेन्ट दुबैं बैंकलाई प्राप्ती गरेपछि कायम हुने चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद निष्काशनको प्रस्ताव गरेको हो ।

इनोभेटिभ डेभलपमेन्ट बैंक, अरनिको डेभलपमेन्ट बैंक तथा सगरमाथा फाइनान्सलाई प्राप्ती गर्ने प्रक्रिया अगाडि बढाएको कर्मसियल बैंक सेञ्चुरीले पछिल्लो समय अल्पाईन डेभलपमेन्ट बैंकलाई समेत प्राप्ती गर्ने सम्झौता गरिसकेको छ ।

हाल सेञ्चुरीको ३ अर्ब ६८ करोड रुपैँया चुक्तापूँजी रहेको सेञ्चुरीले दोस्रो त्रैमासमा खुद मुनाफा २२ करोड ३९ लाख रहेको छ । यस समयमा बैंकले ३२ अर्ब ६८ करोड निक्षेप संकलन गरी २९ अर्ब कर्जा प्रवाह गरेको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।