कृषि विकास बैंकले बोलायो साधारण सभा, प्रमुख कार्यकारी भन्छन्, ‘अब्बल बैंक बनाउँछौं’

Mar 23, 2017 Merolagani

कृषि विकास बैंक (ADBL) ले गत आर्थिक वर्षको साधारण सभाको मिति तय गरेको छ । केही समय अघि ५० प्रतिशत हकप्रद निष्काशन गरी हकप्रदमा नबिकेको सेयर लिलाम गरेको बैंकले हकप्रदलाई समेत २० प्रतिशत बोनस बितरण गर्ने प्रस्ताव सहित साधारण सभा बोलाएको हो । हकप्रदमा नबिकेको झण्डै २० लाख कित्ता सेयर लिलाम गरेर मात्र बैंकले ५५ करोड रुपैंया प्रिमियम संकलन गरेको छ ।

बैंकले यहि चैत ३१ गतेका लागि साधारण सभा बोलाएको हो । बैंकले साधारण सभा प्रयोजनका लागि चैत १८ गतेदेखि सेयरधनी पुस्तिका बन्द गर्ने जनाएको छ । बैंकले प्रस्ताव गरेको २० प्रतिशत बोनस सुरक्षित गर्न लगानीकर्ताले चैत १७ गते बिहीबारसम्ममा बैंकको सेयर खरिद गरिसक्नु पर्ने हुन्छ । बैंकले उक्त बोनसमा लाग्ने कर प्रयोजनका लागि एक दशमलव ०५३ प्रतिशत नगद लाभांस पनि बितरण गर्दैछ ।

बैंकले राष्ट्र बैंकले तोके अनुसार पूँजी वृद्धिको काम छाटो समयमा प्रभावकारी रुपमा पुरा गर्ने मार्गमा बैंक अघि बढेको बैंकका प्रमुख कार्यकारी अधिकृत लिलाप्रकाश सिटौलाले बताए । मेरोलगानीसँगको कुराकानीमा प्रमुख कार्यकारी सिटौलाले भने, ‘हामी बैंकलाई वाणिज्य बैंकहरुमा उत्कृट बैंक बनाउने बाटोमा छौं । यस क्रममा हामीले निर्धारित समयमा सबै कामहरु पुरा गर्दै अघि बढेका छौं । यसै क्रममा हकप्रद, लिलामी सकेर तत्कालै साधारण सभा पनि बोलाएको हौं ।’

सिटौलाका अनुसार पूँजी वृद्धि योजना अनुसार जगेडा कोषबाट चालु आर्थिक वर्षमा पनि राम्रो प्रतिफल दिएर चुक्ता पूँजी आठ अर्ब रुपैंया नघाउने योजनामा बैंक रहेको छ । तीन अर्ब ९३ करोड ७६ लाख रुपैयाँ चुक्तापूँजी रहेको बैंकको पचास प्रतिशत हकप्रदपश्चात पूँजी ५ अर्ब ९३ करोड ७६ लाख रुपैयाँ पुगेको छ । । २० प्रतिशत बोनसपछि बैंकको पूँजी सात अर्ब १२ करोड ५१ लाख रुपैयाँ पुग्नेछ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।