डिप्रोक्स लघुवित्तले सेयर रजिष्ट्रार एस क्यापिटल लिमिटेड लालदरबार मार्फत बैंक खाता, सेयधनी नं, हितग्राही खाता डिम्याट नं, सेयरधनीको नाम, बाबु र बाजेका नामका साथै सेयरधनीको खाता रहेको बैंकको नाम, शाखा र खाता नंम्वर सहित निवेदन गर्न भनेको हो । लघुवित्तले निवेदनको ढाँचा क्यापिटलको वेभसाईट www.acecapital.com.np बाट समेत डाउनलोड गर्न सकिने बताएको छ ।
कम्पनीको फागुन २३ गते सम्पन्न १५ औं साधारणसभाले १७ दशमलव ६३ प्रतिशत (नगद लाभांश तथा बोनस सेयरमा लाग्ने कर समेत ) नगद लाभांश पारित गरेको थियो । सेयरधनीले बैंक खाता उपलब्ध गराएपछि लगानीकताको खातामा चैत १३ गते देखि नै रकम वितरण गर्ने क्यापिटलले जनाएको छ ।
डिप्रोक्स लघुवित्तको शतप्रतिशत हकप्रद खुल्यो