सेन्ट्रल र भक्तपूर फाईनान्सको एकिकृत कारोबार सुरु, यसरी पुर्याउँदैछ पूँजी

Mar 23, 2017 Merolagani

सेन्ट्रल फाईनान्स र भक्तपूर फाईनान्स एक आपसमा मर्ज भई मिति बिहीबारबाट एकीकृत कारोबार सुरु गरेका छन् । मर्जर पश्चात सेन्ट्र फाइनान्सको नामबाट एकीकृत कारोबार सुरु भएको हो । 

मर्ज पश्चात् नेपाल राष्ट्र बैंकबाट ईजाजत प्राप्त ‘ग’ वर्गको राष्ट्रिय स्तरको वित्तीय संस्थाका रुपमा रहने फाइनान्सको मुख्य कार्यालय ललितपुरको कुपण्डोलमा रहने बताइएको छ । 

मर्जर पश्चात फाइनान्सको चूक्ता पुँजी ५२ करोड छ लाख ६४ हजार रुपैंया पुगेको छ । दुई अर्ब ६४ करोड निेक्षप तथा दुई अर्ब ३ करोड रुपैंया कर्जा लगानी गरेको संस्थाका रुपमा स्थापित फाइनान्सले हकप्रद तथा बोनस सेयरबाट चुक्ता पूँजी ८० करोड रुपैंइा पुर्याउने बताएको छ । काठमाण्डौंको चावहिल, चितवनको नारायणगढ, रुपन्देहीको बूटवल तथा भक्तपूरको च्यामासिंहमा गरी फाइनान्सका चार शाखा सञ्चालनमा आउने बताइएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।