बैंकको गत पुस ८ गतेको बसेको पन्ध्रौं वार्षिक साधारणसभाले चुक्ता पूँजीको ४० प्रतिशत बराबरको २ करोड ३५ लाख २५ हजार छ सय आठ कित्ता हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको थियो । सोही अनुसार बैंकले लहकप्रदको प्रक्रिया अगाडि बढाएको हो ।
हकप्रद निष्काशनका लागि प्रभु बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेयरचन र बिक्री प्रवन्धकको एन.सि.एम मर्चेण्ट बैंकिङ्गको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठले हकप्रद निष्काशन गर्ने सम्झौतामा हस्ताक्षर गरेको हुन् ।
हाल प्रभुको चुक्ता पूँजी ५ अर्ब ८८ करोड रुपैयाँ रहेको छ । ४० प्रतिशत हकप्रदपछि बैंकको चुक्ता पूँजी ८ अर्ब २३ करोड रुपैयाँ पुग्नेछ ।
प्रभु बैंकको ४० प्रतिशत हकप्रद प्रस्ताव पारित,अझै मर्जर र एक्विजिशनको खोजीमा
प्रभु बैंकको पूँजी कोष खुम्चिएपछि ४० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव