सेयर लिलाममा सहभागी हुन खोज्नेलाई अब मेगा र वेष्टर्नमा मौका, महंगो मूल्य नहाल्नुस

Mar 24, 2017 merolagani

हकप्रदमा नबिकेका सेयरहरु लिलाममा आउँदा सस्तो मूल्यमा सकार्न चाहनेहरुका लागि आउने आईतबारदेखि मेगा बैंक(MEGA) र वेष्टर्न डेभ्लपमेन्ट बैंक(WDBL)ले अवसर दिने भएका छन् । दुबै बैंकका झण्डै छ लाख १२ हजार कित्ता संस्थापक र साधारण सेयर लिलाम मार्फत सकार्न आईतबारदेखि बोलपत्र पेश गर्न सकिने छ । 

मेगाले लिलाममा ल्याएको सेयरमध्ये एक लाख ६८ हजार नौं सय ९२ कित्ता संस्थापक सेयर छ भने दुई लाख १७ हजार आठ सय ९० कित्ता साधारण सेयर रहेको छ । बैंकको सेयर निष्काशन तथा विक्री प्रवन्धक नबिल ईन्भेष्टमेन्ट एण्ड बैंकिंग लिमिटेड रहेको छ । ईच्छुक लगानीकर्ताले न्युनतम एक सय रुपैयाँमाथि अंकित मूल्य राखेर दश कित्ताको गुणांकमा क्यापिटलको कार्यालय नक्साल वा मेगा बैंकको केन्द्रिय कार्यालय कमलादीबाट लिलामीमा आवेदन गर्न सक्नेछन् ।

मेगामा आवेदकले न्युनतम एक सय कित्तादेखि अधिकतम एक लाख कित्ताका लागि चैत २० गतेसम्म बोलपत्र आवेदन पेश गर्न सक्नेछन् । कम्पनीले बोलकबोल नतिजा विक्री प्रवन्धकको कार्यालय नक्सालमा चैत २१ गते ३ बजे खोल्ने जनाएको छ ।

हाल टुरिजम डेभलपमेन्ट बैंकसँग मर्जमा रहेको मेगाको सेयर कारोबार बन्द हुनु अघि प्रति कित्ता चार सय ५८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । हाल सेयर किनबेचमा नरहेको र मर्ज सकिएर कहिले कारोबार खुल्ने हो भन्ने टुंगो नभएकाले बजारमा अन्तिम कारोबार भएको मूल्यमा ४० प्रतिशत भन्दा बढीले घटाएर लिलाममा सहभागी हुँदा दीर्घकालीन हिसाबले फाईदा हुनसक्छ ।

लिलाममा सहभागी हुनेहरु मध्ये कतिपयले बजारमा कारोबार भईरहेका कम्पनीको मूल्यको २० प्रतिशत भन्दा तल घटेर बोलपत्र पेश गर्ने र आफुले चाहेको मूल्यमा लिलामको सेयर पर्यो भने पहिले नै किनेर राखिएका सेयरहरु दोस्रो बजारमा बेच्ने गरेका छन् । तर मेगाको सबालमा कारोबार रोक्का रहेकाले त्यस्तो कृयाकलाप गर्नेहरु कम हुनसक्ने संभावना छ ।

उता वेष्टर्नले दुई लाख २५ हजार छ सय ३५ कित्ता सेयरका लागि चैत्र १३ गतेदेखि २१ गतेसम्मका लागि शिलबन्दी बोलपत्र आह्वान गरेको छ । जसमध्ये एक लाख ६३ हजार पाँच सय एक कित्ता संस्थापक सेयर छ भने ६२ हजार एक सय ३४ कित्ता साधारण सेयरको लागि बैंकले बोलपत्र आह्वान गरेको हो ।

बैंकको सेयर निष्काशन तथा विक्री प्रवन्धक प्रभू क्यापिटल रहेको छ । ईच्छुक लगानीकर्ताले न्युनतम एक सय रुपैयाँमाथि अंकित मूल्य राखेर दश कित्ताको गुणांकमा प्रभू क्यापिटलमा आवेदन गर्नुपर्नेछ । आवेदकले न्युनतम एक सय कित्तादेखि अधिकतम कित्ताका लागि चैत २१ गतेसम्म आवेदन गर्न सक्नेछन् । कम्पनीले बोलकबोल नतिजा विक्री प्रवन्धकको कार्यालय कमलादीमा चैत २४ गते ११ बजे खोल्ने जनाएको छ ।

अहिले हिमालयन बैंक, जनता बैंक लगायतका कम्पनीहरुले पनि हकप्रदमा नबिकेका सेयरको लिलाम आब्हान गरेका छन् । 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।