मन्जुश्री फाईनान्सको हकप्रदमा नबिकेको कति कित्ता सेयर आउँदैछ लिलाममा ?

Mar 24, 2017 merolagani

मञ्जुश्री फाइनान्स लिमिटेड (MFIL)ले पुस ९ गतेसम्म कायम रहेका सेयरधनीलाई जारी गरेको एक सेयर बराबर १.७५ कित्ता हकप्रद सेयर बाँडफाँट गरेको छ । फाईनाइन्सले बुधबार उक्त हकप्रद बुधबार बाँडफाँट गर्दा झण्डै आठ लाख कित्ता सेयर बिक्न नसकेको देखिएपछि अब लिलाममा आउने भएको छ । 

फाइनान्सले आफ्नो कायम हकभन्दा बढि सेयर माग गरि दरखास्त दिई बाँडफाँटमा नपरेको सेयरधनीहरुलाई सेयर नपरेको रकम चैत १५ गतेदेखि  बैंक खातामा नै रकम फिर्ता गर्ने जनाएको छ ।

यसका लागि आवेदकलाई बिक्री प्रबन्धक एस क्यापिटलमा आवेदन फारमको अर्धकट्टी र नागरिकता प्रमाणपत्रको प्रतिलिपि सहित सम्पर्क गरी बैंक खाता नम्बर र अन्य विवरण उपलब्ध गराउन भनेको छ ।

फाइनान्सले चुक्ता पूँजीको १७५ प्रतिशतले हुन आउने २५ करोड ६ लाख ५० हजार रुपैयाँ बराबरको ४३ लाख ८६ हजार तीन सय ७५ कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो । हाल २५ करोड छ लाख ५० हजार रुपैयाँ चुक्ता पूँजी रहेको मन्जुश्रीको हकप्रद निष्कासनपश्चात चुक्ता पूँजी ६८ करोड ९२ लाख ८७ हजार पुग्नेछ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।