हाइड्रोले यसअघि मंसिर २६ गतेदेखि पुस १० गतेसम्म दोलखाका आयोजना प्रभावित स्थानीयबासीलाई दुई लाख ६० हजार आइपीओ बिक्री गरि बाँडफाँड गरिसकेको छ। कम्पनीले अब थप साधारण सेयर जारी गर्न अनुमति माग्न धितोपत्र बोर्ड पुगेको हो ।
आयोजना प्रभावितका लागि शेयर निष्काशन गरे पश्चात कम्पनीले सोही पूँजीको १५ प्रतिशत अर्थात तीन करोड ९० लाख रुपैँया बराबरको ३ लाख ९० हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो । यो सेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी २६ करोड रुपैंया पुग्नेछ ।
दोलखामा ३.५२ मेगावाटको जलविद्युत आयोजना निर्माण सम्पन्न गरी नियमित रुपमा विद्युत बिक्री गर्दै आएको कम्पनीको हाल अधिकृत पूँजी ६० करोड रुपैयाँ रहेको छ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ । कम्पनीलाई इक्रा नेपालले रेटिंग चार प्रदान गरेको छ । यसको अर्थ कम्पनीको वित्तीय अवस्थामा सामान्य मात्र रहेको बुझिन्छ । नेपाल उद्योग वाणिज्य महासंघ उर्जा समितिको सभापति ज्ञानेन्द्रलाल प्रधान हाइड्रो पावरको अध्यक्ष छन् भने महासंघका अध्यक्ष पशुपति मुरारका लगायत सञ्चालक रहेका छन् ।
नेपाल हाइड्रो डेभलपरको आईपीओ बाँडफाँडको नतिजा हेर्नुहोस्
नेपाल हाइड्रो डेभलपरले चैत ४ गतेदेखि आईपीओ प्रमाणपत्र बाँड्ने