उक्त जलविद्युत्त आयोजना विं सं २०७६ चैतसम्म सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण सुरु गरिएको हो । छ अर्बको लागतमा निर्माण हुने सो आयोजनाको लागतको ७५ प्रतिशत बराबरको चार अर्ब ४० करोड रुपैँया बैंकको लगानी रहेको छ भने प्रवद्र्धकको स्वामित्व पुँजी एक अर्ब ५० करोड रहेको छ ।
आयोजनामा संस्थापक सेयरधनीको एक अर्ब १२ करोड ५० लाख लगानी रहनेछ भने सर्वसाधारणका लागि १५ प्रतिशत अर्थात २२ करोड ५० लाख र आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि १० प्रतिशत अर्थात १५ करोड रुपैँयाको सेयर छुट्टयाइएको आयोजनाका प्रबन्धक उत्तम अमात्यले जानकारी दिए ।
रासस