टुरिजम् डेभलपमेन्ट बैंकको ९२ करोड मूल्यको हकप्रद, बैंशाख १७ गतेसम्म आवेदन गर्न सकिने

Mar 26, 2017 merolagani

मेगा बैंक(MEGA)सँग मिसिने सम्झौता गरेको टुरिजम् डेभलपमेन्ट बैंक (TDBL) ले चैत १३ गते  आईतबारदेखि शतप्रतिशत  हकप्रद बिक्री खुला गरेको छ । बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा ९१ करोड ९७ लाख ७१ हजार दुई सय रुपैयाँ मूल्य बराबरको ९१ लाख ९७ हजार सात सय १२ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो ।

हकप्रदमा माघ ६ गतेसम्म कायम सेयरधनीले चैत १३ गतेदेखि बैंशाख १७ गतेसम्म आवेदन गर्न सक्नेछन् । यसअघि कालिञ्चोक डेभलपमेन्ट बैंक र मातृभूमि विकास बैंकलाई खरिद गर्ने सम्झौता गरेको बैंकले एक्विजीशन पश्चात कायम पूँजीको शतप्रतिशत हकप्रद शेयर जारी गर्ने लागेको हो । हाल बैंकको चुक्ता पूँजी ९१ करोड ९७ लाख रुपैर्या रहेको छ । हकप्रद निष्काशनपछि बैंकको चुक्ता पूँजी एक अर्ब ८३ करोड ९५ लाख रुपैँया पुग्नेछ ।

बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल क्यापिटल रहेको छ । बैंकले निष्काशन गर्ने हकप्रदमा बिक्री प्रवन्धकको कार्यालय लाजिम्पाट तथा टुरिजम् बैंकका शाखा कार्यालयहरु मार्फत सेयरधनीले हकप्रदमा आवेदन गर्न सक्नेछन् ।

बैंकले पुस मसान्तसम्ममा १४ करोड ६३ लाख रुपैँया खुद नाफा कमाएर प्रतिसेयर आम्दानी ३१=८३ रुपैँया कायम गरेको छ । बैंकले हाल २१ वटा शाखा मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । हाल मेगासँग मर्जरको क्रममा रहेकाले बैंकको सेयर माघ ६ गते अन्तिम पटक धितोपत्र बजारमा प्रतिकित्ता ४२७ रुपैँयामा विक्री भएको थियो ।

राष्ट्र बैंकले तोकेको दुई अर्ब ५० करोड पूँजी पुर्याएर राष्ट्रिय स्तरको विकास बैंकको रुपमा रहने अवस्था नदेखेपछि बैंकले मेगा बैंकसँग मर्जरमा जाने सम्झौता गरेको हो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।