आस्वा प्रणालीलाई अझै व्यवस्थित बनाउन पूर्ण अनलाईनमा लगिने

Mar 26, 2017 merolagani

धितोपत्र बोर्डले आस्वा प्रणालीलाई अझै व्यवस्थित एवं प्रभावकारी बनाउन पूर्ण अनलाइन प्रणालीमा लैजाने तयारी थालेको छ । बोर्डले सिडिएस एण्ड क्लियरिङ्ग लि. को सहकार्यमा सम्पूर्ण आस्वा सदस्यहरुलाई विन्डोज प्रदान गरी डाटामा पहुँच दिई पूर्ण अनलाईन आस्वा प्रणालीको बिकास गर्ने गृहकार्य थालेको हो ।


धितोपत्र बोर्डले सिडिएससी, मर्चेन्ट बैंकर एशोसियसनका प्रतिनिधी लगायतसंग छलफल गरी आस्वा प्रणालीलाई अझै व्यवस्थित एवं प्रभावकारी बनाउन पूर्ण अनलाइनमा प्रणालीमा लैजाने प्रक्रिया अगाडि बढाउन निर्देशन समेत दिएको छ ।

बोर्डले आयोजना गरेको छलफलमा आश्वा शुल्कलाई परिमार्जन गर्ने, दरखास्त फारमलाई अझ सरलिकृत गर्न तथा आस्वा सदस्य बैंकबाट मर्चेन्ट बैंकलाई दरखास्त फारम भौतिक रुपमा नपठाई तथ्याङ्कहरु मात्र उपलब्ध गराउने व्यवस्था मिलाउन उपयुक्त हुने लगायतका सुझाबहरु दिइएको थियो ।

धितोपत्रको सार्वजनिक निष्काशन हुदाँका बखत लगानीकर्ताबाट दरखास्त फारम संकलन तथा तत् सम्बन्धी कार्य गर्न धितोपत्र खरिद सार्वजनिक निष्काशन सम्बन्धी निर्देशिका, २०७३ को व्यवस्था बमोजिम आस्वा प्रणाली गत माघदेखि लागू गरिएको थियो ।

हालसम्म उक्त प्रणालीबाट फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स, यूनाईटेड मोदी र स्ट्याण्डर्ड चार्टर्ड बैंक गरी तीन वटा कम्पनीहरुको सार्वजनिक निष्काशन भईसकेको छ । आस्वा प्रणालीमा औसतमा संकलित रकमको आधारमा ५० प्रतिशत तथा संकलित आवेदन फारमको आधारमा ४५ प्रतिशत भन्दा बढी संकलन भएको बोर्डको भनाई छ ।

साथै आस्वा प्रणालीलाई अझ प्रभावकारी बनाउन बोर्डबाट आस्वा सदस्यता प्राप्त विभिन्न संस्थाको स्थलगत निरीक्षण गरिएको र उक्त निरीक्षणका क्रममा बैंक तथा वित्तिय संस्थाहरुले आफ्ना कर्मचारीहरुलाई आवेदन फाराम संकलन प्रकृया सम्बन्धमा थप अभिमुखीकरण गर्न, आवेदन फाराम संकलनको रिपोर्टिड समयमै गर्न तथा प्रणालीगत सुक्ष्म निरीक्षण गरी सञ्चालन जोखिम सम्बन्धमा सजग गराईएकोे र केही बैंकहरुले अनलाईनबाट समेत शेयर फारम भर्न मिल्ने व्यवस्था गराएकोमा सो सम्बन्धमा समेत निरीक्षण गरिएको बोर्डले जनाएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।